सामग्रीमा जानुहोस्

चण्डीगढ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चण्डिगढ
धरोहर
धरोहर
उपनाम: 
सुन्दर सहर
देश भारत
क्षेत्रउत्तर भारत
केन्द्र शासित प्रदेश/सहरचण्डिगढ
स्थापना१ नोभेम्बर १९६६
सरकारचण्डिगढ
सरकार
 • केन्द्र शासित प्रदेशको प्रशासकशिवराज पाटिल
 • मेयरहरफुल चन्द्र कल्याण
 • कमिसनरविवेक प्रताप सिंह
क्षेत्रफल
 • सहर
केन्द्र शासित प्रदेश
११४ किमी (४४ वर्ग माइल)
 • क्रम३३
उन्नतांश
३५० मिटर (११५० फिट)
जनसङ्ख्या
 • सहर
केन्द्र शासित प्रदेश
१०५४६८६
 • क्रम२९औ
 • घनत्व९३००/किमी (२४०००/वर्ग माइल)
 • महानगर९६०७८७
 []
भाषा
 • आधिकारिक[]अङ्ग्रेजी,[] हिन्दी भाषा, पञ्जाब
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
पिन
१६०xxx
टेलिफोन कोड९१-१७२-XXX XXXX
आइएसओ ३१६६ सङ्केतIN-CH
सवारी दर्ताCH-01 देखि CH-04
एचडीआईवृद्धि
०.८९२
एचडीआई श्रेणीज्यादै उच्च
साक्षरता८१.९
वेबसाइटchandigarh.nic.in
चण्डिगढ सहरले चण्डिगढ केन्द्र शासित प्रदेशको पुरै क्षेत्र ओगटेको छ

चण्डिगढ, (पञ्जाबी: ਚੰਡੀਗੜ੍ਹ) भारतको एउटा केन्द्र शासित प्रदेश हो, जुन दुई भारतको राज्य, पञ्जाबहरियाणाको राजधानी पनि हो । यसको नामको अर्थ हो चण्डिको किला । यो हिन्दू देवी दुर्गाको एउटा रूप चण्डिका वा चण्डिको एउटा प्रसिद्ध मन्दिरको कारण राखिएको हो । यो मन्दिर अझै पनि यस सहरमा अवस्थित छ ।[] यस सहरलाई सिटी अफ ब्यूटीफुल पनि भनिने गरिन्छ । चण्डिगढ राजधानी क्षेत्रमा मोहाली, पन्चकुलाजीरकपुर आउछन्, जसको सन् २००१ को जनगणना अनुसार जनसङ्ख्या ११,६५,१११ (१ करोड १६ लाख) रहेको छ । भारतको लोकसभामा प्रतिनिधित्व गर्नका लागि एउटा सिट आरक्षित गरिएको छ । वर्तमान सोह्रौ लोकसभामा भारतीय जनता पार्टीको श्रीमति किरण खेर यहाँबाट सांसद छानिएकी छिन् ।[]

अन्तर्राष्ट्रिय स्तरमा सहरी योजनाबद्धता र वास्तु-स्थापत्यको लागि प्रसिद्ध यस सहर आधुनिक भारतको प्रथम योजनाबद्ध सहर हो ।[] चण्डिगढ सहरको मुख्य वास्तुकार फ्रान्सेली वास्तुकार ली कार्बूजियर हुन् । यस सहरलाई भारतको समृद्ध राज्यहरू र सङ्घ शसित प्रदेसहरूको सूचीमा अग्रणी नाम आउछ, जसको प्रति व्यक्ति आय ९९,२६२ रु (वर्तमान मूल्य अनुसार) तथा स्थिर मूल्य अनुसार ७०,३६१ (२००६-०७) रु रहेको छ ।[]

सहरको वाहिरी क्षेत्रमा स्थित एउटा हिन्दू मन्दिर

ब्रिटिश भारतको विभाजन पछि सन् १९४७ मा पञ्जाब राज्यलाई भारत र पाकिस्तान गरेर दुई भागमा बाँडिएको थियो । यस संगै राज्यको पुरानो राजधानी लाहोर पाकिस्तानको भागमा सरेर गएको थियो । अब भारतीय पञ्जाबलाई एउटा नयाँ राजधानीको आवश्यकता देखियो । पूर्व स्थित सहरहरूलाई राजधानीमा रुपान्तरित गर्नमा धेरै कठिनाई भएको थियो जसको फलस्वरूप एउटा नयाँ योजनाबद्ध राजधानी सहरको निर्णय गरियो तथा सन् १९५२ मा यस सहरलाई निर्माण गर्ने धोको गरियो ।[]

भूगोल तथा जलवायु

[सम्पादन गर्नुहोस्]

चण्डिगढ हिमालयको शिवालिक पर्वतमालाको तराईमा भारत को उत्तर-पश्चिम मा अस्थित छ। शहरको क्षेत्रफल ४४ बर्ग मिल रहेको छ। यसको पूर्वमा हरियाणा, उत्तर, पश्चिम तथा दक्षिणमा पञ्जाब रहेको छ ।

चण्डिगढ
जलवायु तालिका
फेमामेजुजुसेनोडि
 
 
३३
 
२०
 
 
३९
 
२३
 
 
३०
 
२८
१३
 
 
 
३५
१९
 
 
२८
 
३८
२३
 
 
१४५
 
३९
२५
 
 
२८०
 
३४
२४
 
 
३०८
 
३३
२३
 
 
१३३
 
३३
२२
 
 
२२
 
३२
१७
 
 
 
२७
११
 
 
२२
 
२२
सेल्सियस तापक्रममा अधिकतम र न्यूनतम औसत
मिलिमिटरमा वर्षाको कुल मात्रा
स्रोत: World Weather Information Service

आर्थिक अवस्था

[सम्पादन गर्नुहोस्]


चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Provisional Population Totals, Census of India 2011; Urban Agglomerations/Cities having population 1 lakh and above", Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ मार्च २०१२ 
  2. "http://www.censusindia.gov.in/2011-prov-results/paper2/prov_results_paper2_indiavol2.html", Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ मार्च २०१२ 
  3. "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 
  4. "Government of India official source on languages", Government of India, अन्तिम पहुँच १४ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ मार्च २०१४ मिति
  5. आधिकारिक सरकारी वेवसाइट
  6. भारतीय चुनाव आयोगको अधिसूचना, नयाँ दिल्ली
  7. भारतको व्यवसाय पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१७ मिति
  8. [१]
  9. http://chandigarh.nic.in/knowchd_general.htm वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२१ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]