हिरण्यकश्यपु
हिरण्यकश्यपु ( सुवर्ण वस्त्रधारी ) एक हिन्दु पौराणिक पात्र हुन्। उनका भाई हिरण्याक्षलाई भगवान विष्णुको बराह अवतार ले मरेको थियो । जसको बदला लिन हिरण्याक्षका दाई हिरण्यकश्यपुले भगवान ब्रह्मालाई प्रशन्न पारी वरदान लिनका लागि कठोर तपस्या गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छौ भनेर आज्ञा भयो । उ पनि पछि विष्णुकै अवतार नृसिँह अवतार का हातबाट मारिए ।
जन्म
[सम्पादन गर्नुहोस्]श्रीमद्भागवत् पुराण अनुसार, हिरण्यकश्यपु र हिरण्याक्ष विष्णुका द्वारपाले जय र विजयको पुनर्जन्म थिए जो चार कुमारको श्राप को कारण पृथ्वीमा जन्मेका थिए । सत्य युगमा, हिरण्यकश्यपु र हिरण्याक्ष दितिको गर्भबाट(दक्ष प्रजापति को छोरी) र कश्यप ऋषिबाट जन्मे । उनी हरूको जन्म अशुभ समयमा भएको हुनाले ( सन्ध्या कालिन समयमा) उनीहरू असुर भएर जन्मे।
तपस्या
[सम्पादन गर्नुहोस्]हिरण्याक्ष शक्तिशाली थिए । उनको पापको र क्रूरताको शृङ्खलाले सीमा नाघेपछि भगवान विष्णुले बराह अवतार धारण गरी उनको बध गरे । जसको बदला लिन हिरण्याक्षका दाई हिरण्यकशिपुले ब्रह्मलाई प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छौ भनेर आज्ञा भयो । हिरण्यकशिपुले भगवान ब्रह्माजी सँग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान ब्रह्माजी ले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः
न म भित्र मरूँ, न बाहिर ।
न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।
न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।
हिरण्यकशिपुको यो आग्रहलाई भगवानले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो । त्यसपछि उसको अत्याचार, अन्याय र पापका शृङ्खला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो ।
ब्रह्माण्ड पुराणका अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।
प्रहलाद र नरसिंह
[सम्पादन गर्नुहोस्]हिरण्यकश्यपु तपस्या गरिरहेका बेला , देवहरूले उनको निवासमा आक्रमण गरे । नारद मुनिले उनकी पत्नी कयधुलाई बचाए । कायधु त्यतिबेला गर्भवती थिइन् । नारद मुनिले दिएका आज्ञा र ज्ञानले गर्भमा रहेका प्रह्लादमा प्रभाव पर्यो र उनी विष्णुका अनन्य भक्त बने । केहि समय पश्चात् हिरण्यकस्यपुको दरबारमा एउटा बालकको जन्म भयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । पछि उनी हुर्कदै ठुलो हुदै जादा उनी विष्णु भक्त भनेर चिनी जुन उनका पितालाई मन परेको थिएन ।
विष्णु ब्रह्माले हिरण्यकश्यपुलाई दिएको वरदान उल्लंघन नहुने गरि हिरण्यकश्यपुको बध गर्न नरसिंहको रूपमा प्रस्तुत भए । हिरण्यकश्यपुलाई कुनै मानव, देव वा जनावरले मार्न सक्दैनथ्यो तर नरसिंह यी कुनै पनि थिएनन् । उनी सन्ध्याकालिन समयमा प्रकट भए ( न दिन या न रात ) , दैलो मा ( न भित्र न बाहिर) , आफ्नी काखमा राखे ( न पृथ्वी न अन्तरिक्ष) र आफ्नो नङले मारे ( न हात न हतियार) ।
हिरण्यकश्यपुको बध भएपछी पनि नरसिंह अवतारको रिस शान्त भएको थिएन । त्यसैले सबै देवी देवताहरु लक्ष्मीलाई अनुरोध गरे तर उनले आफू असक्षम रहेको कुरा बताइन । त्यसपछी ब्रह्मले प्रह्लादलाई नरसिंहको सामु प्रस्तुत गरे , र आफ्नो भक्तको प्राथना देखेर नरसिंह अन्ततः शान्त भए ।
होली
[सम्पादन गर्नुहोस्]होलिकासंग आगोले केहि नहुने बरदान थियो । त्यसकारण उनले प्रह्लादलाई आगो लिएर जलाउने प्रयास गरे तर विष्णुको प्रभावले प्रह्लादलाई केहि भएन तर होलिका आफनी जलेर खरानी भईन । होलिकाको दहन भएकोलाई होली भनेर मनाइन्छ ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]पुर्वधिकारी हिरण्याक्ष |
दैत्य - |
उत्तराधिकारी प्रह्लाद |