हिन्दु रीति रिवाजका शब्दावली
स्वरूप
अन्तर्गत एक शृङ्खलाको भाग |
हिन्दु धर्म |
---|
हिन्दु धर्मसँग संबन्धित शब्दावलीहरु यहाँ प्रस्तुत गरिएको छ।
अ - अ:
[सम्पादन गर्नुहोस्]- अग्नी: आगोका देवता
- अगस्त्य: महान सन्त
- अच्युत: विष्णु भगवानको अर्को नाम
- अजातशत्रु: शत्रु नभएको, युधिष्ठिरलाई जनाउन प्रयोग हुने शब्द
- अप्सरा: स्वर्गमा इन्द्र भगवानको दरवारमा नाच्ने सुन्दरी
- अमरावती: इन्द्र लोक, इन्द्रको शहर
- अमृत: खानेकुरा वा पिउनेकुरा जसले अमर बनाउछ, देवताको आहारा
- अयोध्या: राम राज्यको राजधानी
- अर्जुन: राजा पाण्डु र रानी कुन्तीका छोरा, पाण्डवहरू मध्ये तेस्रा भाइ, कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनका भ्रम र् जिज्ञाशाहरूलाई समाधान गर्दाका प्रशङ्ग श्रीमद्भगवद गीतामा उल्लेख छ।
- अरुंधति: ऋषि वशिष्ठकी श्रीमती
- अश्वमेध: घोडाको बली
- अस्त्र: दैवी शक्तिद्वारा प्रहार गरिएको हतियार
- अक्षयपत्र: युधिष्ठिरलाई भगवान सूर्यले दिएको कहिल्यै खाना नसकिने भाँडा
- आत्मा: जीवनको शरीर बाहेकको तत्व जुन कहिल्यै नाशिदैन।
- इन्द्र: स्वर्गका राजा, देवताहरुका राजा
- ईश्वर: भगवान
- एकलव्य: तल्लो जातको भनेर गूरु द्रोणाचार्यले शिक्षा दिन अस्वीकार गरे पनि अर्जुनकै समान ज्ञान आर्जन गरेका व्यक्ति
- उर्वसी: एक जना अप्सरा
- ऋग्वेद: चार वेदहरूमा सबैभन्दा पवित्र मानिने हिन्दू वैदिक मन्त्रहरूको संगालो
- ऋषि: श्रुति ग्रंथको दर्शन गर्न सक्ने व्यक्ति
- ॐ: हिन्दू सनातन धर्मको सबैभन्दा पवित्र ध्वनि
क - ङ
[सम्पादन गर्नुहोस्]- कलि: महाभारत युद्धको अन्त्य सँगै सुरु भएको युग; सत्य, त्रेता, र द्वापर सहित ४ मध्येको १ युग
- कंस: श्रीकृष्णका मामा
- कल्कि: विष्णु भगवानको १० औँ अवतार जुन कलि युगको अन्त्यमा घोडामा चढेको मानवको रूपमा देखिने छ
- कामधेनु: सबै गाईहरूको माता, पालकको सबै इच्छाहरु पुरा गरिदिने अलौकिक गाई
- कुमार: भगवान शिव र देवी पार्वतीका छोरा जसले तारकाशुरको वध गरे
- कुरुक्षेत्र: पाण्डव र कुरु वंशीयहरूको घमासान युद्ध भएको मैदान
- कैलास: भगवान शिवको बासस्थान, हिन्दूहरुका साथै बौद्ध र जैनहरूले पवित्र मान्ने पर्वत शृङ्खला, एसियाका नदीहरूको उद्दगम स्थल
- गणपति: गणेश, भगवान शिव र देवी पार्वतीका दोस्रा छोरा, सम्पतिका देवता
- गंगा: हिन्दूहरूले देवी मान्ने पवित्र नदी
- गणेश: गणपति, भगवान शिव र देवी पार्वतीका दोस्रा छोरा, सम्पतिका देवता
च - ञ
[सम्पादन गर्नुहोस्]- चक्र:
- चित्रकूट: राम, सीता आदिले वनवासको साँढे ११ वर्ष बिताएको पहाडी जङ्गल
- च्यवन: एक ऋषि
- जनक: मिथिला राज्यका राजा, देवी सीताका पिता
- जय: धृतराष्ट्रका छोरा जो युद्धमा भीमद्वारा मारिए
- जाम्बवान: त्रेता युगदेखि कलि युगसम्म जीवित मानिने एक भालु
ट - ण
[सम्पादन गर्नुहोस्]त - न
[सम्पादन गर्नुहोस्]- दीपावली: दीप वा बत्ती वा उज्यालोको पर्व
- देव: देवता, भगवान
- देवकी: श्रीकृष्णकी आमा
- द्रौपदी: अग्नीबाट जन्मिएकी द्रुपद राजाकी छोरी, पञ्चपाण्डवहरूका पत्नी
- धर्म:
- धर्मपुत्र: यमका छोरा, युधिष्ठिरलाई जनाउन प्रयोग हुने शब्द
- नकुल: राजा पाण्डु र रानी माद्रीका छोरा; पञ्चपाण्डवहरू मध्ये चौथा
प - म
[सम्पादन गर्नुहोस्]- ब्रह्मा: जगत सृस्टिकर्ता
- ब्राह्मण: हिन्दूहरूको ४ वर्ण मध्येको एक
- बृन्दावन: भगवान श्रीकृष्णले बाल्यकाल बिताएको ठाउँ
- बृहस्पति: देवता तथा ब्राह्मणका गुरु
- भक्ति:
- भगीरथ:
- भजन: हिन्दू आस्थाका धार्मिक गीत
- भीम: राजा पाण्डु र रानी कुन्तीका माहिला छोरा; पञ्चपाण्डवहरू मध्ये एक
- भीष्म: सान्तनुका छोरा, महाभारतमा कुरुहरूको तर्फबाट युद्ध गरेका महान योद्धा
य - स
[सम्पादन गर्नुहोस्]- यम: मृत्युका देवता
- यमुना: समानान्तर बगेर गङ्गामा मिल्ने नदी
- यशोदा: भगवान श्रीकृष्णको पालन पोषण गर्ने आमा
- यक्ष:
- यज्ञ: देवतालाई प्रशन्न पार्न अग्निमा विभिन्न सामग्री अर्पण गरिने वैदिक प्रकृया
- युधिष्ठिर: राजा पाण्डु र रानी कुन्तीका जेठा छोरा; पञ्चपाण्डवहरू मध्ये एक
- योग: आत्माज्ञान प्राप्त गर्न गरिने आध्यात्मिक कर्म; कर्म योग, भक्ति योग, ज्ञान योग, र राज योग मध्ये एक; शारीरिक कसरतका आसनहरु
- राम: विष्णु भगवानको सातौँ अवतार
- रामायण: वाल्मिकीले लेखेको अयोध्याका श्रीराम र सीताको कथा
- रुद्र: भगवान शिवको एक रुप; प्रकृति, मृत्यु, हुरी आदिका देवता
- सहदेव: राजा पाण्डु र रानी माद्रीका छोरा; पञ्चपाण्डवहरू मध्ये पाचौँ
ह - ज्ञ
[सम्पादन गर्नुहोस्]- हंस:
- हनुमान: वुद्धिमान र शिक्षित बाँदर, भगवान राम भक्त, वायु र अन्जनाको सन्तान, त्रेता युगमा आफ्नो विशिष्ट क्षमताबाट लंकामा सीतालाई राखेको ठाउँ पत्ता लाउने
- हरि: विष्णु भगवानको अर्को नाम
- हृषीकेश: भगवान विष्णु, भगवान कृष्णको अर्को नाम
- ज्ञान: अनन्तको सत्यतथ्य जानकारी