सामग्रीमा जानुहोस्

हेजिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हेजिङ विदेशी विनिमयको दरमा आएको परिवर्तन वा उतारचढावबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा हो। विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा परिवर्तनबाट हुने नोक्सानीबाट बच्न हेजिङको सुविधा प्रयोग गरिन्छ।[१] हेजिङलाई परिवर्तन भइरहने विनिमयदरले असर नगर्ने कारणले गर्दा विनिमय दर बढे पनि यस्तो सुविधा लिएका लगानीको हकमा जुन दरमा हेजिंग सुविधा लिएको हुन्छ, सोही दर नै कायम हुन्छ।[२] पूर्वाधार क्षेत्रमा लगानी गर्न आउने लगानीकर्तालाई विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ फण्डको स्थापना गरिन्छ।