सामग्रीमा जानुहोस्

मानव संसाधन व्यवस्थापन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव संसाधन व्यवस्थापनको केन्द्र बिन्दु मानिस हो । सङ्गठन र मानिस दुवैलाई एक अर्काको आवस्यकता पर्छ । दुवै एक अर्काको परिपुरक हुन। मानव संसाधन व्यवस्थापनको सरोकार सङ्गठनको मानवीय पक्षसंग हुन्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । सङ्गठनका लक्ष्यहरु प्राप्त गर्न मानव संसाधन महत्त्वपूर्ण हुन्छ । कर्मचारीहरूको कार्य सम्पादनमा सङ्गठनको प्रभावकारिता निर्भर रहन्छ ।

मानिस हरूमा शक्ति र शारीरिक बल हुन्छ । तर काम गर्नका लागि क्षमता पनि हुनु पर्छ । क्षमता भनेको ज्ञान , सीप , मनोवृति , र विकसित हुने सम्भावना हो । शारीरिक शक्ति र मानसिक क्षमता को सङ्गम भएपछी मात्र मानिस मानव संसाधन हुन्छन् ।

मानव संसाधन व्यवस्थापन भनेको मानिसहरूको शक्ति क्षमताको व्यवस्थापन गर्नु हो । त्यसैले यसले मानिसहरूको क्षमताको विकासलाई जोड दिन्छ । यसले मानवीय साधनको प्राप्ति, विकास, उपयोग र अनुरक्षण गर्छ ।

डेकेन्जो र रबिन्सका अनुसार

[सम्पादन गर्नुहोस्]

मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र अनुरक्षण प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो ।

फ्रेन्चका अनुसार

[सम्पादन गर्नुहोस्]

मानव संसाधन व्यवस्थपन भन्नाले सङ्गठन भित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, कार्यविधि एवं अभ्यास लाई जनाउँछ । मानवीय संसाधन व्यवस्थापनको अवधारणामा निम्न कुराहरु मुख्य छन् :

  1. यो सङ्गठनमा निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापक हरूले गर्ने नियमित कार्य हो ।
  2. यसले सङ्गठनको उद्देश्यहरु प्राप्त गर्न सघाउछ ।
  3. यसले मानिसहरूको शक्ति र क्षमताको व्यवस्थापन गर्छ ।
  4. यसले सक्षम मानवीय साधनहरूको प्राप्ति,विकास,उपयोग र अनुरक्षण गर्दछ ।
  5. यसले मानिसहरूलाई रणनीतिक साधन ठान्दछ । मानव संसाधनसँग सम्बन्धित सबै कार्यहरू को समन्वय गर्छ ।

मानव संसाधन व्यवस्थापनका विशेषताहरु

[सम्पादन गर्नुहोस्]
  1. मानिसकेन्द्रित
    मानव संसाधन व्यवस्थापनको केन्द्रबिन्दु मानिस हुन्छ । सङ्गठनमा कम गर्ने मानिसहरूको शक्ति र क्षमताको व्यवस्थापन मा यो केन्द्रित हुन्छ ।यसले मानिसको क्षमताको विकास र उपयोग गर्छ
  2. व्यवस्थापन कार्य
    मानव संसाधन व्यवस्थापनको एक महत्त्वपूर्ण व्यवस्थापकीय कार्य हो । यसले मानव संसाधन सम्बन्धि योजना बनाउने, योजना कार्यान्वयन गर्ने र मुल्यांकन गर्ने कार्य गर्दछ ।
  3. सर्वव्यापी कार्य
    सङ्गठनमा मानव संसाधन व्यवस्थापन सर्वव्यापी कार्य हुन्छ । सबै तहका व्यवस्थापक हरूले यो कार्य गर्नु पर्छ ।
  4. निरन्तर प्रतिबद्धता
    मानव संसाधन व्यवस्थापन पटके कार्य होइन । यो निरन्तर चलिरहने प्रक्रिया हो । यो वर्तमानक साथै भविष्यसँग सम्बन्धित हुन्छ । यसका लागि व्यवस्थापनको निरन्तर प्रतिबद्दता चाहिन्छ ।
  5. गतिशीलता
    मानव संसाधन व्यवस्थापन गतिशील कार्य हो । वतावारनिय परिवर्तन संगै यो पनि परिवर्तन हुन्छ। राजनैतिक, कानुनी , सामाजिक, सांस्कृतिक ,र प्राविधिक परिवर्तनसँग यसले अनुकुलता स्थापित गार्छ ।
  6. एकीकृत प्रणाली
    मानव संसाधन व्यवस्थापन एकीकृत प्रणाली हो । यसले मनावीय साधनको सर्वांगीण व्यवस्थापन गर्छ । प्राप्ति.विकास , उपयोग, र अनुरक्षण यसका अन्तरनिर्भर अङ्गहरु हुन् ।
  7. परस्परतामुखी
    मानव संसाधन व्यवस्थापन परस्परतामुखी हुन्छ । यसले रोजगारदाता र कर्मचारी दुवैको हितलाई महत्त्व दिन्छ । दुवैको परस्पर हितका लागि मिलेर कम गर्ने वातावरण तयार पार्छ । लक्ष्यहरूको एकीकरण गर्छ ।

मानव संसाधन व्यवस्थापन का उद्देश्यहरु

[सम्पादन गर्नुहोस्]
  1. लक्ष्य प्राप्ति
  2. मानव संसाधन योजना तर्जुमा
  3. संरचना अनुरक्षण
  4. मानव संसाधन विकास
  5. उत्पादकत्व वृद्धि
  6. सूचना प्रवाह
  7. परिवर्तन व्यवस्थापन

मानव संसाधन व्यवस्थापनका कार्यहरु

[सम्पादन गर्नुहोस्]

मुख्य लेख : मानव संसाधन व्यवस्थापनका कार्यहरु

  1. प्राप्ति staffing
  2. विकास developing
  3. उत्प्रेरणा motivation
  4. अनुरक्षण maintenance

[]

  1. नेपालमा मानव संसाधन व्यवस्थापन : डा. गोविन्दराम अग्रवाल