दिल्ली विश्वविद्यालय (अङ्ग्रेजी:University of Delhi), भारत सरकार द्वारा वित्त पोषित एक केन्द्रीय विश्वविद्यालय हो र भारतको राजधानीदिल्लीमा अवस्थित छ। सन् १९२२ मा स्थापित यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर स्तरको निम्ति पाठ्यक्रम उपलब्ध गराउँछ। भारतका उपराष्ट्रपतिमोहम्मद हामिद अन्सारी विश्वविद्यालयका कुलपति हुन्। THES-QSको विश्वका विश्वविद्यालयहरूको रैंकिंग अनुसार यो भारतको शीर्ष गैर-आईआईटी विश्वविद्यालय हो। दिल्ली विश्वविद्यालयका दुई परिसर छन् जो दिल्लीका उत्तरी र दक्षिणी भागमा स्थित छन् र जसलाई क्रमश:उत्तरी परिसर र दक्षिणी परिसर भनिन्छ। दिल्ली विश्वविद्यालयको उत्तरी परिसरमा दिल्ली मेट्रोको पहेंलो लाईनसॅग जोडिएकोछ र मेट्रो स्टेशनको नाम विश्वविद्यालय हो। उत्तरी परिसर दिल्ली विधानसभा देखि २.५ किमी र अन्तरराज्यीय बस अड्डादेखि ७ किलोमीटर टाडा छ।