जोरायल गाउँपालिका
जोरायल | |
---|---|
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम |
जिल्ला | डोटी |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय तह |
• अङ्ग | गाउँपालिका |
• अध्यक्ष | दुर्गादत्त ओझा [१] (नेकपा) |
• उपाध्यक्ष | जमुनाकुमारी बोहरा रोकाया (नेकपा)[१] |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ४१९.०९ किमी२ (१६१.८१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,८२४ |
• घनत्व | ५०/किमी२ (१३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५७ |
केन्द्र | साविकको सरस्वतीनगर गाविसको कार्यालय |
वेबसाइट | jorayalmun |
जोरायल डोटी जिल्लामा पर्ने नेपालकोे एक गाउँपालिका हो। डोटी जिल्लाको सदरमुकाम सिलगढीबाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो। यसै उपत्यकाको नामबाट यस गाउँपालिकाको नामाङ्कन गरिएको हो । चौतर्फी अग्ला होचा बृक्ष वनस्पति युक्त डाडाँ–काडाँहरूको बीचमा देखिने एउटा सुन्दर क्षेत्र जोरायल हो । नेपालको संविधान २०७२ लागु भएपछि नेपाल सरकारको निर्णय अनुरुप स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानिय तहहरू बनाउने क्रममा डोटी जिल्लाका सरस्वतीनगर,लक्ष्मीनगर, घण्टेश्वर, छतिवन, गडसेरा र निरौली गाविसहरूका क्षेत्रलाई जोडेर जोरायल गाउँपालिका बनाइएको हो।
नामाकरण तथा परिचय
[सम्पादन गर्नुहोस्]यस क्षेत्रको नामाकरण जोरायल कसरी रहन गयो भन्ने कुरामा एक मत त छैन तर सबै भन्दा बलियो तर्क अनुसार यस क्षेत्रको सम्बन्ध महाभारतमा उल्लेख भएको जरासन्धसँग रहेको देखिन्छ[२] जसरी दीप + आलय = दीपालय अथवा (नेपालीमा बत्तीको निवास भएको क्षेत्र) शब्द (वर्णविपर्यय हुँदै = दीपालय = दिपायल भएको हो । त्यसै गरेर जोरायल शब्द पनि :- जरासन्धस्य +आलय = जरालय वा जरा + आलय = जरालय भयो । यसको अर्थ जरासन्ध वा जरादेवीको, आलय भनेको संस्कृतमा निवास हुन्छ । पछि त्यही शब्द जरालय = वर्णविपर्यय हुदै = जरा + यल = जरायल =बाट अप्रभंस हुदै ‘ओ’ कारको थप आगमन भएर जोरायल रहन गएको हो । यसको क्षेत्र पूर्वमा डोटी जिल्लाकै गड्सेरा तथा निरौली गा.वि.स., पश्चिममा छतिवन गा.वि.स., उत्तरमा डडेलधुरा जिल्लाको महाभारत पर्वत भित्र पर्ने घण्टेश्वर पर्वत एवं असिग्राम गा.वि.स.को रुवाखोला र दक्षिणमा कैलाली जिल्लाको सहजपुर गा.वि.स पर्दछन् । समथर भूभागको बीच भएर बग्ने यहाँको नदीको नाम कर्मनासा (कर्नासा) हो । जसले यहाँको भू–भागलाइ सिंचन गरेको छ । कर्मनासा नदीको उद्गमस्थल भन्दा माथिबाट दुइवटा नदीहरू जलादेवि पर्वतको आसपास भएर बगेका छन् । जसको नाम गोमतीगाड र काफली गाड हो । यी दुबै नदीहरूको संगम वा (दोभान) भन्दा तलको नदीको नाम कर्मनासा रहन गएको छ । जो जरासन्ध बध गरेको इतिहास सँग संबद्ध छ । वरिपरी सम्म फाँट बीचमा कर्मनासा नदी एवं छेउछाउमा रहेका गाउँ बस्तीहरूले जोरायलको भौगोलिक दृष्यावलीलाइ मनमोहक बनाएको छ । यो जोरायल क्षेत्र निकट समयमै नगरपालिका घोषणा हुने सम्भावनामा रहेको छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यहाँको जनसङ्ख्या २०,८२४ रहेको छ । जसमध्ये ब्राह्मण १० प्रतिशत ,क्षेत्रि, ७५ प्रतिशत दलित १० प्रतिशत , र मगर तथा अन्य जातका ५ प्रतिशत मानिसहरू छन् । यसक्षेत्रमा एउटा बहुमुखी क्याम्पस पनि छ । जसको नाम सेती महाकाली बहुमुखी क्याम्पस हो । विभिन्न देवी देवताहरूको बास भएको यो जोरायल क्षेत्र बास्मती धान फल्ने यौटा प्रसिद्ध ठाउँ पनि हो । यस क्षेत्रका प्रमुख देवी–देवता घण्टेश्वर, जलादेवी मालिका भगवती, चण्डेश्वर र गुफाकेदार हुन् ।
जोरायलको भस्सो संस्कृति
[सम्पादन गर्नुहोस्]हाम्रो देश नेपाल धेरै विविधता र संस्कृति भएको देश हो । अनेकतामा एकता हामी नेपालीहरूको प्रमुख विशेषता हो । यहाँका प्रायः सबै जिल्लाहरूका आ–आफ्ना भेषभूषा, रीतिस्थिति,भाषा र संस्कृतिहरू छन् । तिनै संस्कृतिहरू मध्येको एक अनौठो संस्कृति डोटी जिल्लाको जोरायल क्षेत्रमा हुने प्रमुख जात्रा मा भाईटीकाका दिन हुने भोस्सो जात्रा पर्दछ । यो खास गरेर यहाँको शक्तिशाली देवता चडयौलीथानको प्रसन्नताको लागि गरिने जात्रा हो । महाभारत कथामा जरासन्ध लाइ राक्षस भनेर सम्बोधन गरिए पनि डोटी जोरायलको संस्कृतिमा यिनलाई देवता भनेर पुज्ने गरीन्छ । यो जात्रा गरिएन भने ती देवता रिसाई जोरायलमा विविध अनिष्ट गराउन सक्ने विश्वास यहाँको जनमानसमा प्रवल रूपमा रहेको छ । यो जात्रा प्राचीन युद्धको लागि मोर्चाबन्दी सहित युद्घमा जान तयार सेनाको जुलुस जस्तै हुन्छ । भाइटीकाका दिन त्यहाँका सबै मानिसहरू बिहान आआफ्ना दिदी–बहिनीहरूका हातबाट टिका लगाइसकेपछि खानाखाएर लक्ष्मीनगर गा.वि.स.मा पर्ने सिलंगीबाग बजारको मेलामा जान्छन् , जुन मेलालाई त्यहाँको स्थानीय भाषामा दुत्तेको मेला भन्छन् । त्यहीं प्रसिद्ध चडयौंलीथान भन्ने स्थानीय देवताको थान पनि छ । त्यहाँको स्थानीय भाषामा चडयौंलो भन्ने एउटा स्थानिय जातको रुख हुन्छ , त्योे थान मा त्यै चडयौंलाको रुख भएकाले थानमा भएका देवतालाई प्रत्यक्ष इंगित नगरी रुखको नामबाट देवस्थान को नामकरण भएको पाइन्छ । न्याय दाताका रूपमा चिनिने यी चडयौलीथान देवताको मन्दिर छैन, स्थापना मात्रै छ । भक्तजनहरू आफ्नो भाकल पुरा भए पछि त्यही रुखमुनीको स्थानमा बोकाको बलिका साथै घण्टा, त्रिशूल र ध्वजापताका चढाउँदछन् । बोका मंसिर कृष्ण पक्ष , जेष्ठ कृष्ण पक्ष र श्रावण कृष्ण पक्षको रात्रिमा मंगलवार, बिहीवार वा शनिवार पारेर चढाइन्छ ।
फोटो सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
डोटी जिल्लामा पर्ने कर्मनासा नदी र सिलङ्गीबाग बजार
-
प्रत्येकवर्ष भाइटीकाका राति हुने जोरायलको भोस्सो संस्कृति
-
भाइटीकाका राति हुने जोरायलको भोस्सो संस्कृति
-
जोरायलको भोस्सो संस्कृति
-
जोरायल बासमतिको पकेट क्षेत्र सुमालगाउँ को सेरो
-
जोरायल रावतकट्टे
-
यज्ञगा नदि(गोमती गाःड)
-
भीमछेदन शिला चनकट्टे
-
कैलाली जिल्लाको गोदावरी गा.वि.स.मा पर्ने गोदावरी नदिको उद्गमक्षेत्र फलाद्री पर्वत
-
कैलाली जिल्लाको गोदावरी गा.वि.स.मा पर्ने पवित्र फलाद्री पर्वत
-
पवित्र गोदावरी शीखर क्षेत्र
-
श्री घण्टेश्वरदेवताको होमगर्दै पुजारी
-
गन्याप देव स्थान
-
कर्मनाशा नदी
-
कर्मनाशा नदी
-
बरमछडा ताल कोला गाऊँ
-
भीमछेदन शिला चनकट्टे
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- घण्टेश्वर देवता
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Jorayal "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४।[स्थायी मृत कडी]
- ↑ संक्षिप्त परिचय