चीनको विशाल पर्खाल
चीनको विशाल पर्खाल | |
---|---|
万里长城 | |
![]() जिनसानलिङमा ग्रेटवाल | |
![]() Map of all the wall constructions | |
सामान्य विवरण | |
प्रकार | किला |
राष्ट्र | ![]() |
निर्माणकार्यको थालनी | ईशा पुर्वा सातौ शताब्दि |
प्राविधिक विवरण | |
आकार | २१,१९६ किलोमिटर |
आधिकारिक नाम | द ग्रेटवाल |
किसिम | ऐतिहासिक |
मापदण्ड | i, ii, iii, iv, vi |
नामाङ्कित | १९८७ (११औ संस्करण) |
सन्दर्भ क्रम सङ्ख्या | ४३८ |
राज्य | चीन |
क्षेत्र | एसिया-प्रशान्त |
चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औँ शताब्दी ईसा पूर्व देखि १६ औँ शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ।
यो विशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । [१] यसको विस्तार पूर्वमा शानहाइगुआन देखि पश्चिममा लोप नुर सम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ । [२] हुनत पुरातत्व सर्वेक्षण विभागको हाल सम्मको सर्वेक्षण अनुसार समग्र महान पर्खाल, आफ्नो सबै शाखाहरू सहित ८८५१.८ किलोमिटर सम्म फैलिएको छ ।[३][४][५] आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा अभिप्रायले दश लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिए ।[६] अनुमानित छ, कि यस महान पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए ।[७]
आठौँ शताब्दी ईसापूर्वमा चीनमा राज्यको रक्षा गर्नको लागि पर्खाल बनाउने शुरुवात भयो जुन बेला कुई (अङ्ग्रेजी:Qi), यान (अङ्ग्रेजी:Yan) र जाहो (अङ्ग्रेजी :Zhao) राज्यहरूले तीर र तलवारहरूको आक्रमणबाट बचनको लागि माटो र ढुंगालाई ढाँचामा बनाएको ईटाबाट पर्खालको निर्माण सुरु गर्यो । ईसादेखि २२१ वर्ष पूर्व चीन किन (अङ्ग्रेजी:Qin) साम्राज्य अन्तर्गत आयो। यस साम्राज्यले सबै स-साना राज्यहरूलाई संयुक्त गरेर एक विशाल तथा अखण्ड चीनको रचना गर्यो। किन साम्राज्यदेखि शासकहरूले पूर्वमा बनाएको विभिन्न पर्खालहरूलाई मिलाएर एकै पर्खालमा परिणत गर्यो जुन की चीनको उत्तरी सीमा बन्यो। पांचौँ शताब्दीदेखि धेरै पछि सम्म धेरै पर्खालहरू बन्यो, जसलाई मिलाएर चीनको पर्खाल भनियो । प्रसिद्ध पर्खालरूमा एउटा २२०-२०६ ईशा पूर्वमा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएका थिए । त्यस पर्खालको अंशको केही अवशेष मात्रै बचेको थियो। यो मिङ वंश द्वारा बनाएको वर्तमान पर्खालको सुदूर उत्तरमा बनेको थियो। [८]
नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो यसैले किन शासकहरूले पर्खाललाई चीनको बाँकी सीमाहरू सम्म फैलाउन शुरू गरे। यस कार्यको लागि अथक परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरू सम्म लैजानु एउटा कठिन कार्य थियो त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजिकरहेको ढुंगाहरू र मैदानी भाग नजिकमाटो र ढुंगाको पर्खालको निर्माण गर्यो । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्को द्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ।
अग्रेंजीमा ग्रेटवाल (Great Wall) भनिने चीनको विशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए। उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आईपुगेको छ। ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ । सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।
![चीनको ग्रेटवाल (The Great Wall)](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/GreatWall_2004_Summer_4.jpg/250px-GreatWall_2004_Summer_4.jpg)
इतिहास[सम्पादन गर्नुहोस्]
पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनीङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जीयाउग्वानमा पुगेर टुंगिएको छ। यसको लम्बाई करिब १२,७०० कि.मि. छ। जीयाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ। उक्त पर्खालको बीचबीचमा भत्केको अंश घटाउने हो भने हाल यसको लम्बाई ६,३५० कि.मि.मात्र हुन आउँछ। चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारहरूलाई दश वर्षसम्म काममा लगाएका थिए। त्यसपछि विभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो। सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८-१६४४ मा गरियो। अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो। संसारको सबैभन्दा लामो यो पर्खाल चीन शान्सी प्रान्तबाट पूर्व र पश्चिमतर्फको पर्खालको बनावट उचाई र चौडाईमा भिन्नता पाइन्छ। शान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ। जसको सरदर उचाई ५.३ मीटर छ। पूर्वी भागतर्फको पर्खाल भने पकाइएको इँटा तथा आयताकार ढुङ्गाको जोडाइबाट बनाइएको छ। जसको सरदर उचाई ७.५ मीटर छ। यस पर्खालमाथि एकैचोटी पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ रहेको छ
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0f/GreatWallofQinDynasty.png/220px-GreatWallofQinDynasty.png)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6b/GreatWallOfHanDynasty.png/220px-GreatWallOfHanDynasty.png)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9d/Map_of_the_Great_Wall_of_China.jpg/220px-Map_of_the_Great_Wall_of_China.jpg)
उपयोग[सम्पादन गर्नुहोस्]
पर्खाल खासगरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोहीअनुरूप निर्माण गरिएको छ । सैनिकहरूलाई सुरक्षा दिन पर्खाल एक मीटर जति अग्लो ढुंगाको जोडाइ गरी उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न स-साना प्वालहरू बनाइएको छ । प्रत्येक तीनसयदेखि पाँचसय मीटरको फरकमा पर्खालमाथि छानो लगाइएका स-साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रूपक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन् । त्यति लामो ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य-मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ । ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण र कलात्मक छ । सन् १३४५मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० कि.मी. उत्तर पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक ६ पाटे ढोका छ । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन् । त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ । त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू ६०० वर्षअघि खोपिएका हुन् । सुरक्षाको दृष्टिकोणबाट त्यसबेला बनाइएको ग्रेटवाल मौलिक तथा चिनियाँ शैलीको छ । तर यो पर्खाल निर्माणको सोचचाहिँ पश्चिमी मुलुकबाट प्रभावित भएको अनुमान गरिन्छ। प्राचीन ग्रीक तथा रोमले स्कटल्याण्ड र इङल्याण्डको बीचमा सुरक्षाका लागि ग्रेटवाल बनाउनुअघि नै हयाड्रीयन पर्खाल बनाइसकेका थिए ।
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ डेमियन जिमरम्यान, ICE केस स्टडीज: द ग्रेट वाला अफ चाइना, डिसेम्बर १९९७
- ↑ "ब्रिट्यानिका विश्वकोश अनलाईन– चीनको महान पर्खाल", अन्तिम पहुँच २३ अक्टोबर २००७।
|dateformat=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "ग्रेट वाल अफ चाइना 'इभेन लंगर'", बीबीसी, २००९-०४-२०, अन्तिम पहुँच २००९-०४-२०।
- ↑ "चाइना'ज ग्रेट वाल फर लंगर द्यान थाउट: सर्भे", AFP, २००९-०४-२०, मूलबाट २००९-०४-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-२०।
- ↑ "चाइना'ज ग्रेट वाल फर लन्गर दैन थौट: सर्वे", द संडे मर्निंग हेराल्ड, २००९-०४-२०, अन्तिम पहुँच २००९-०४-२०।
- ↑ द ग्रेट वाल अफ चाइना
- ↑ डैमियन जिमर्मैन, द ग्रेट वाल अफ चाइना, ICE केस स्टडीज, डिसेम्बर, १९९७
- ↑ महान भित्ताको निर्माण वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-०२ मिति
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)