क्यामरन बोइस
क्यामरन बोइस | |
---|---|
जन्म | क्यामरन मिका बोइस मे २८, १९९९ लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
मृत्यु | ६ जुलाई २०१९ लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका | (उमेर २०)
पेशा | अभिनेता |
कार्यकाल | सन् २००८ - सन् २०१९ |
क्यामरन मिका बोइस (अङ्ग्रेजी: Cameron Mica Boyce) (मे २८, १९९९ - जुलाई ६, २०१९) एक अमेरिकी अभिनेता थिए ।[१] प्यानिक ! एट द डिस्कोको गीतको भिडियोबाट अभिनय सुरु गरेका बोइसले सन् २००८ मा मिरर्समा काम गरे । उनले पछि सन् २०११ देखि सन् २०१५ सम्म डिज्नी च्यानलको परिस्थिति हास्य शृङ्खला जेस्सीमा लूक रसको भूमिका निर्वाह गरे । उनी ईगल आई, ग्रोन अप्स र ग्रोन अप्स २ जस्ता चलचित्रमा पनि खेलेका थिए । उनलाई डिसेन्डेन्ट्सको कार्लोस र डिज्नी एक्स.डी.को हास्य शृङ्खला गेमर्स गाइड टू प्रिटी मच एभ्रीथिङको कनरको रूपमा पनि चिनिन्छ । बोइसले जेक एण्ड द नेवरल्यान्ड पाइरेट्समा जेक र स्पाइडरम्यानमा हर्मन शुल्ट्सलाई स्वर दिएका छन् । जुलाई ६, २०१९ मा छारे रोगको कारण बोइसको मृत्यु भयो ।
बाल्यकाल र व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]बोइसको जन्म मे २८, १९९९ मा लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो ।[२][३] उनका पिता अफ्रिकी क्यारिबियन र अफ्रिकी अमेरिकी वंशका हुन् । उनकी आमा यहुदी हुन् ।[४][५] उनका बुबाकी आमा, जो एन बोइस, दक्षिण संयुक्त राज्यमा एकीकृत उच्च माध्यमिक विद्यालयमा पढ्ने १२ जना महिलाहरूमध्ये एक हुन् ।[६]
मे २०१९ मा करण ब्रार र सोफी रेनोल्ड्ससँग बसाइ सर्नु अघि बोइस आफ्नो आमाबुबा र बहिनीसँग लस एन्जलसमा बस्थे ।[७][८] नृत्यको तालिम प्राप्त गरेका बोइस एक्स-मब नामक ब्रेकडान्स समूहको सदस्य थिए ।[९]
कार्य जीवन
[सम्पादन गर्नुहोस्]मे २००८ मा प्यानिक ! एट द डिस्कोको ड्याट ग्रीन जेन्टलम्यान (थिङ्स ह्याभ चेन्ज्ड) को भिडियोमा गिटार वादक सानो हुँदाको रायन रसको भूमिका निभाएर बोइसले अभिनय सुरु गरेका थिए । जुलाई २००८ मा उनलाई जेनेरल हस्पिटल: नाइट शिफ्टमा माइकलको पुनारवर्ती भूमिका निर्वाह गरेको देखियो ।[१०] अगस्ट २००८ मा मिरर्स नामक डरलाग्दो चलचित्रमा उनले चलचित्र अभिनय सुरु गरेपछि त्यही वर्ष ईगल आईमा काम गरे ।[११][१२]
जून २०१० मा बोइस हास्य चलचित्र ग्रोन अप्समा एडम स्याण्लरको पात्रको बिग्रेको छोराको भूमिकामा देखिएका थिए । त्यही वर्ष उनले द लिजन अफ एक्स्ट्राओर्डीनेरी डान्सर्समा आफ्नो नृत्यकला प्रस्तुत गरे ।[१३]
अप्रिल २०११ मा बोइस डिज्नी च्यानलको परिस्थिति हास्य गुड लक चार्लीमा देखिए ।[१४] त्यही महिना उनलाई एबिसीको डान्सिङ विथ द स्टार्सको शाही विवाह भागमा बोलाइएको थियो ।[१५] जून २०११ मा जूडी मूडी एण्ड द नट बमर समरमा उनले जूडीको सहपाठीको सानो भूमिका खेलेका थिए ।[१४] अगस्ट २०११ मा उनलाई डिज्नी च्यानलको परिस्थिति हास्य शेक इट अपमा नर्तकको भूमिकामा राखिएको थियो ।[१४] सेप्टेम्बर २०११ मा डिज्नी च्यानलको परिस्थिति हास्य जेस्सीमा लूक रसको भूमिकामा राखिएको थियो ।[१६] पटकथा अनुसार लूकको पात्र कोरियाको हिरो नामक केटा हुनुपर्ने थियो तर क्यामरनको अभिनय देखेर लेखकहरूले उसको लागि पात्रलाई परिवर्तित गरेका थिए ।[१७][१८]
सन् २०१५ मा बोइसलाई डिज्नी च्यानलको डिसेन्डेन्ट्समा क्रूएला डेभिलको छोरा, कार्लोसको भूमिकामा राखिएको थियो । उनले डिसेन्डेन्ट्स: विकेड वर्ल्ड, डिसेन्डेन्ट्स २ र उनको मृत्युपश्चात निकालिएको डिसेन्डेन्ट्स ३ मा पनि कार्लोसको भूमिका निभाए ।
मार्च २०१८ मा बोइसलाई एबिसी हास्य शृङ्खला स्टेप्समा बेकर र स्वतन्त्र चलचित्र रन्टमा क्यालको भूमिकामा राखिएको थियो ।[१९][२०]
जनवरी २०१९ मा बोइस एचबीओको मिसेस फ्लेचरमा संलग्न भए ।[२१] अप्रिल २०१९ मा बोइसले होजिएरको अल्मोस्ट (स्वीट म्यूजिक) को भिडियोमा उनी र नर्तकी क्रिस्टिन फ्लोरेसले रचना गरेको नाँचको प्रस्तुति गरे ।[२२] उनको मृत्युको केही समय अगाडि उनले एडम स्याण्लरसँग नयाँ काम सुरु गरेका थिए ।[२३] नोभेम्बर २०१९ मा उनी र भेरोनिका ग्रेको फेसन ब्रान्ड "आर्काइभ्स" स्थापित हुने कुराको खुलासा सेप्टेम्बर २०१९ मा भएको थियो ।[२४]
जुलाई १४, २०२० मा बोइसको मृत्यु पछि एलेक्स विन्टरद्वारा निर्देशित शोबिज किड्सको एचबीओमा प्रसारण भएको थियो । बाल कलाकारको जीवनबारे यस वृत्तचित्रमा बोइससँगको अन्तर्वार्ताको भिडियो प्रदर्शन गरिएको छ । यो वृत्तचित्र बोइस र फेब्रुअरी २४, २०२० मा बितेकी भूतपूर्व बाल कलाकार डायना सेर्रा क्यारीको सम्झनामा समर्पित छ ।[२५]
अभिनय
[सम्पादन गर्नुहोस्]चलचित्र
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | भूमिका | टिप्पणी | सन्दर्भ |
---|---|---|---|---|
सन् २००८ | मिरर्स | माइकल कार्सन | [१४] | |
सन् २००८ | ईगल आई | स्याम हलोमन | [१४] | |
सन् २०१० | ग्रोन अप्स | कीथी फेडर | [१४] | |
सन् २०११ | गेम अन | दोस्रो खेलाडी | लघु चलचित्र | [१४] |
सन् २०११ | जूडी मूडी एण्ड द नट बमर समर | हन्टर | [१४] | |
सन् २०१३ | ग्रोन अप्स २ | कीथी फेडर | [१४] | |
सन् २०२० | रन्ट | क्याल | मृत्योपरान्त प्रसारण | [२६] [२७] |
टेलिभिजन
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | भूमिका | टिप्पणी | सन्दर्भ |
---|---|---|---|---|
सन् २००८ | जेनेरल हस्पिटल: नाइट शिफ्ट | माइकल "स्टोन" केट्स, जुनियर | पुनारवर्ती भूमिका | [१३] |
सन् २०११ | गुड लक चार्ली | नक्कली गेब डंकन | भाग ३४: द सिङ्गिङ डान्सिङ डंकन्स | [१४] |
सन् २०११ | शेक इट अप | नर्तक | भाग २१: "थ्रो इट अप" | [१४] |
सन् २०११ - सन् २०१५ | जेस्सी | लूक रस | प्रमुख भूमिका | [१४] |
सन् २०१२ - सन् २०१४ | जेक एण्ड द नेवरल्यान्ड पाइरेट्स | जेक | प्रमुख स्वर कलाकार (सत्र २ - सत्र ३) | [१३] |
सन् २०१४ | अल्टिमेट स्पाइडरम्यान | लूक रस | स्वर कलाकार, भाग ७३: ह्यालोवीन नाइट एट द म्यूजियम | [१३] |
सन् २०१५ - सन् २०१७ | गेमर्स गाइड टू प्रिटी मच एभ्रीथिङ | कनर | प्रमुख भूमिका | [१४] |
सन् २०१५ | लिभ एण्ड म्याडी | क्राग | भाग ३८: प्रम-अ-रूनी | [१३] |
सन् २०१५ | डिसेन्डेन्ट्स | कार्लोस | टेलिभिजन चलचित्र | [१४] |
सन् २०१५ - सन् २०१७ | डिसेन्डेन्ट्स: विकेड वर्ल्ड | कार्लोस | टेलिभिजन चलचित्र, प्रमुख भूमिका | [१३] |
सन् २०१६ | बङ्क्ड | लूक रस | भाग १२: लूक्स ब्याक भाग २७: लूक आउट बिलो |
[१३] |
सन् २०१६ | कोड ब्ल्याक | ब्रोडी | भाग १७: लव हर्ट्स | [१३] |
सन् २०१७ | डिसेन्डेन्ट्स २ | कार्लोस | टेलिभिजन चलचित्र | [१४] |
सन् २०१७ | स्पाइडरम्यान | हर्मन शुल्ट्स | स्वर कलाकार, भाग ३: अस्बर्न एकेडमी | [२८] |
सन् २०१९ | डिसेन्डेन्ट्स ३ | कार्लोस | टेलिभिजन चलचित्र, मृत्योपरान्त प्रसारण | [१४] |
सन् २०१९ | विकेड वुड्स: अ डिसेन्डेन्ट्स ह्यालोवीन स्टोरी | कार्लोस | टेलिभिजन चलचित्र, मृत्योपरान्त प्रसारण | [२९] |
सन् २०१९ | मिसेस फ्लेचर | ज्याक | प्रमुख भूमिका, मृत्योपरान्त प्रसारण | [१४] |
अघोषित | प्यारडाइस सिटी | साइमन | आगामी टेलिभिजन शृङ्खला, मृत्योपरान्त प्रसारण | [२६] |
भिडियो गेम र वेब शृङ्खला
[सम्पादन गर्नुहोस्]वर्ष | नाम | भूमिका | टिप्पणी | सन्दर्भ |
---|---|---|---|---|
सन् २०१० | जस्ट डान्स किड्स | प्रशिक्षक र नर्तक | भिडियो गेम | |
सन् २०१० | द लिजन अफ एक्स्ट्राओर्डीनेरी डान्सर्स | ज्यास्पर | वेब शृङ्खला, भाग: सिक्रेट्स अफ द रा | [१३] |
पुरस्कार र नामाङ्कन
[सम्पादन गर्नुहोस्]वर्ष | पुरस्कार | वर्ग | काम | परिणाम | सन्दर्भ |
---|---|---|---|---|---|
सन् २०१२ | यङ आर्टिस्ट अवार्ड | चलचित्रमा सर्वोत्कृष्ट प्रस्तुति | जूडी मूडी एण्ड द नट बमर समर | विजयी | [३०] |
सन् २०१७ | डेटाइम एमी अवार्ड | सर्वोत्कृष्ट प्रचार घोषणा | टाइमलेस हिरोज - बी इनस्पायर्ड | विजयी | [३१] |
सन् २०१८ | पायोनियरिङ स्पिरिट अवार्ड | विश्वमा पानीको अभाव रोक्न पुर्याएका प्रेरणादायी योगदानहरू | थर्स्ट प्रोजेक्ट | विजयी | [३२] |
मृत्यु
[सम्पादन गर्नुहोस्]जुलाई ६, २०१९ मा उनको घरमा बोइस बेहोस भएपछि डाक्टरहरू बोलाइयो र उनलाई मृत घोषित गरियो ।[३३]
बोइसको परिवार अनुसार केही समयदेखि चलिरहेको उपचारले गर्दा दौरा परेर बोइसको निन्द्रामा नै लस एन्जलसमा मृत्यु भयो ।[२][३४] शव परीक्षा गरेपनि मृत्युको कारण थप खोजले गर्दा पछि सारियो ।[३५] जुलाई ९, २०१९ मा बोइसको परिवारले उनको छारे रोगको निदानको बारेमा खुलासा गर्दा उक्त रोगको दौराले गर्दा मृत्यु भएको बताए ।[३६] जुलाई ३०, २०१९ मा लस एन्जलस चितिक्सा विभागले शव परीक्षाको परिणाम सार्वजनिक पर्दै बोइसको मृत्युको कारण छारे रोगको दौरा भएको पुष्टि गरे ।[३७]
उनको दहसंस्कार गरेपछि उनको खरानी उनको परिवारलाई फिर्ता दिइएको थियो ।[३८]
परोपकार र विरासत
[सम्पादन गर्नुहोस्]अविकसित र विकासोन्मुख देशहरूमा खानेपानीको व्यवस्था मिलाउने थर्स्ट प्रोजेक्टका लागि बोइसले ४० दिनको समयमा $२७,००० उठाएका थिए ।[३९] सेप्टेम्बर २०१९ मा उनलाई उनको योगदानका लागि थर्स्ट प्रोजेक्टले पायोनियरिङ स्पिरिट अवार्डको नाम क्यामरन बोइस पायोनियरिङ स्पिरिट अवार्डमा परिवर्तन गर्यो ।[४०]
उनी युनाइटेड वे अफ अमेरिकाको घरबारविहीन व्यक्तिहरूलाई सहयोग गर्ने अभियानलाई पनि समर्थन गर्थे । उनले सन् २०१५ देखि होमवाकको लागि पैसा उठाउन सहयोग गरेका थिए ।[४१] मे २०१९ मा उनले संयुक्त राज्यमा घरबारविहीन व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले आयोजित १२ औँ वार्षिक होमवाकमा भाग लिएका थिए ।[४२]
बोइस क्याम्पसमा हुने यौन हिंसाको बारेमा महिला र पुरुष दुबैलाई सचेत गराउन इट्स अन अस नामक सामाजिक क्रान्तिमा संलग्न भएका थिए ।.[४३]
उनले सिकल-सेल रोग लागेका बालबालिकाको अस्थी मज्जा प्रत्यारोपणका लागि पैसा र सुविधा प्रदान गर्ने लुकस्ट्रङ फाउन्डेशनसँग पनि काम गरेका छन् ।[४४]
उनको अन्तिम परोपकारी अभियान, वील्डिङ पीस, मार्च फर आवर लाइभ्सका सहसंस्थापक डलेनी टारको सहकार्यमा सुरुवात गरिएको थियो । बन्दुकको दुरुपयोग घटाउने उद्देश्यले यस अभियानको सुरुवात भएको हो ।[४५]
द क्यामरन बोइस फाउन्डेशन
[सम्पादन गर्नुहोस्]द क्यामरन बोइस फाउन्डेशन क्यामरन बोइसको सम्झनामा नेटवर्क फर गुडद्वारा लस एन्जलसमा स्थापित गैर नाफामुखी सङ्गठन हो जसले बालबालिका तथा युवायुवतीको उज्ज्वल भविष्यका लागि कलात्मक र रचनात्मक आउटलेटको व्यवस्था गर्छ । डेबी रायन, कारण ब्रार र सोफी रेनोल्ड्स लगायत अन्य नाम चलेका व्यक्तिले यस सङ्गठनलाई समर्थन गरेका छन् ।[४६]
जुलाई २५, २०१९ मा यस सङ्गठनले वील्डिङ पीसको बारेमा खुलासा गरेपछि अगस्ट १६, २०१९ देखि यसको सुरुवात भयो ।[४७][४८]
सन् २०१९ मा यस सङ्गठनले थर्स्ट प्रोजेक्टलाई युगान्डामा इनार बनाउनका लागि $८,००० को दान दिएको थियो ।[४९]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", द न्यू योर्क टाइम्स, दी असोसिएटेड प्रेस, जुलाई ७, २०१९।
- ↑ २.० २.१ मार्क अस्बोर्नe; बिल हचिन्सन (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", एबिसी न्यूज।
- ↑ क्यामरन बोइस (मे २८, २०१९), "यहाँ म जन्मदिन विशेषाधिकारको दुरुपयोग गर्दै कति चोटी सूर्यको परिक्रमा गरेँ भनेर नगनी बसिरहेको छु !!! जन्मदिनको शुभकामनाका लागि धन्यवाद, आज मलाई माया पठाउनुभएको सबै जनालाई माया फर्काउँदै छु ❤️" – इन्स्टाग्रामद्वारा।
- ↑ क्यामरन बोइसलाई फिफ्थ हार्मनी मन पर्छ रे, 'जेस्सी' र नयाँ प्रेमिकाबारे अन्तर्वार्ता, पसिफिक रिम भिडियो प्रेस, अप्रिल ३०, २०१४ – युट्युबद्वारा।
- ↑ "क्यामरन बोइससँग डिसेन्डेन्ट्स २, जातीयता र बहिनीको पहिलो प्रेमीको बारेमा अन्तर्वार्ता", र पेजेस, अन्तिम पहुँच जुलाई ११, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२१ मिति
- ↑ केट्लिन कीटिङ (फेब्रुअरी ११, २०१६), "कालो इतिहास महिना: क्लिन्टन १२, जो एन र क्यामरन बोइस", पीपल।
- ↑ फराह एन्ड्र्यूज (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", द नेशनल।
- ↑ क्यामरन बोइस (मे १४, २०१९), "अब हामी सँगै बस्न थालेपछि म आधिकारिक रूपमा श्मिट बने" – इन्स्टाग्रामद्वारा।
- ↑ "बायोग्राफी", वाल्ट डिज्नी टेलिभिजन प्रेस, अन्तिम पहुँच जुलाई ११, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०५ मिति
- ↑ क्याथरिन श्याटक (अगस्ट १२, २००८), "आज टेलिभिजनमा के प्रसारण भइरहेको छ", द न्यू योर्क टाइम्स।
- ↑ जोन पी. मायर (अगस्ट १६, २००८), "चलचित्र समिक्षा: 'मिरर्स'", पेगासस न्यूज, मूलबाट अक्टोबर ३, २०१३-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०३ मिति
- ↑ जेन होर्विट्ज (अक्टोबर ३, २००८), "परिवार अनुकूल चलचित्र", द वशिङ्गटन पोस्ट।
- ↑ १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ १३.६ १३.७ १३.८ "क्यामरन बोइसले खेलेका चलचित्र र टिभी शृङ्खलाको सूची", टिभी गाइड, अन्तिम पहुँच जुलाई ११, २०१९।
- ↑ १४.०० १४.०१ १४.०२ १४.०३ १४.०४ १४.०५ १४.०६ १४.०७ १४.०८ १४.०९ १४.१० १४.११ १४.१२ १४.१३ १४.१४ १४.१५ १४.१६ रेबेक्का रूबिन (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", भेराइटी।
- ↑ डान्सिङ विथ द स्टार्स - शाही विवाह, कोडबेर २, डिसेम्बर २८, २०१४ – डेलीमोशनद्वारा।
- ↑ "क्यामरन बोइस", मूभिवेब, मूलबाट अक्टोबर १४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१४ मिति
- ↑ "डिज्नी च्यानलको नयाँ शृङ्खला 'जेस्सी' का कलाकार", न्यू फेसेस, मूलबाट अप्रिल ९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०९ मिति
- ↑ 'जेस्सी' का क्यामरन बोइससँग विशेष अन्तर्वार्ता, पप कल्चर पेसनिस्टास, सेप्टेम्बर २८, २०११ – युट्युबद्वारा।
- ↑ डेनिस पेट्स्की (मार्च २०, २०१८), "'स्टेप्स': जुली ह्यागर्टी र क्यामरन बोइस पहिलो भागमा", डेडलाइन हलिउड।
- ↑ अम्यान्डा एन'डुका (जुलाई २३, २०१८), "'डिसेन्डेन्ट्स' कलाकार क्यामरन बोइस 'रन्ट' मा", डेडलाइन हलिउड।
- ↑ नेल्ली आन्ड्रीवा (जनवरी १७, २०१९), "'डिसेन्डेन्ट्स' कलाकार क्यामरन बोइस एचबीओ हास्य शृङ्खला 'मिसेस फ्लेचर' मा संलग्न", डेडलाइन हलिउड।
- ↑ क्यामरन बोइस (अप्रिल १०, २०१९), "होजिएरको नयाँ भिडियो 'अल्मोस्ट (स्वीट म्यूजिक)' अप्रिल १६ मा निस्किन्छ । एन्ड्र्यू र उनको टोलीले मलाई र क्रिस्टिन फ्लोरेसलाई नाँचको रचना गर्ने अवसर दिएकोमा धन्यवाद । आफूलाई मन पर्ने कलाकारको लागि केही बनाउनु ठुलो कुरा हो । यस अवसरको लागि फेरि पनि धन्यवाद !!" – इन्स्टाग्रामद्वारा।
- ↑ "क्यामरनको बारेमा", द क्यामरन बोइस फाउन्डेशन, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१९ मिति
- ↑ "क्यामरन बोइसको आर्काइभ्स", अन्तिम पहुँच सेप्टेम्बर १६, २०१९ – इन्स्टाग्रामद्वारा।
- ↑ एरिक जेन्सन (जुलाई १३, २०२०), "एचबीओ वृत्तचित्र 'शोबिज किड्स' मा बाल कलाकारिताको नकारात्मक पक्ष", यू.एस.ए. टूडे।
- ↑ २६.० २६.१ नेल्ली आन्ड्रीवा (जुलाई ७, २०१९), "क्यामरन बोइस: पछि छोडेका कार्यहरू", डेडलाइन हलिउड।
- ↑ ब्रूस हेरिङ (मे २, २०२०), "'प्यारडाइस सिटी' मा स्वर्गीय क्यामरन बोइसको अन्तिम झलक", डेडलाइन हलिउड।
- ↑ क्यामरन बोइस मार्वलको स्पाइडरम्यानको नयाँ भागमा, मार्वल एन्टरटेन्मेन्ट, अगस्ट २५, २०१७ – युट्युबद्वारा।
- ↑ "डिज्नी च्यानल अक्टोबर २०१९ हाइलाइट्स", वाल्ट डिज्नी टेलिभिजन प्रेस, सेप्टेम्बर २०, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-०८ मिति
- ↑ "३३ औँ वार्षिक यङ आर्टिस्ट अवार्ड्स - नामाङ्कन", यङ आर्टिस्ट अवार्ड्स, मूलबाट अप्रिल ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१९।
- ↑ जुली शेफर (अक्टोबर १०, २०१७), "बाल कलाकारको उदय", टेलिभिजन एकेडमी।
- ↑ जोर्डिन टिल्चेन (जुलाई ८, २०१९), "क्यामरन बोइसले मानिसहरूलाई समाजलाई कसरी फिर्ता दिने भन्ने देखाउन चाहन्थे", एमटिभी न्यूज। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०९ मिति
- ↑ "क्यामरन बोइसको मृत्युको कारण", लस एन्जलस चिकित्सा विभाग, जुलाई ३०, २०१९।
- ↑ एमी फोर्लिटी (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", असोसिएटेड प्रेस।
- ↑ सिड्नी हेन्डरसन (जुलाई ८, २०१९), "डिज्नी कलाकार क्यामरन बोइसको मृत्युको कारण ‘थप खोज’को लागि पछि सारियो", यू.एस.ए. टूडे।
- ↑ मक्केना एइलो (जुलाई ९, २०१९), "क्यामरन बोइसको परिवारले उनको छारे रोग निदानको पुष्टि गर्छन्", इ ! न्यूज।
- ↑ "डिज्नी च्यानल कलाकार क्यामरन बोइसको मृत्युको कारण छारे रोगको दौरा रहेछ", केएबिसी-टिभी, जुलाई ३०, २०१९।
- ↑ नटाली स्टोन (जुलाई १६, २०१९), "मृत्यु दर्ता अनुसार डिज्नी कलाकार क्यामरन बोइसको शवलाई जलाइयो", पीपल।
- ↑ गेब बर्गाडो (अक्टोबर २०, २०१७), "क्यामरन बोइससँग 'डिसेन्डेन्ट्स', हलिउडमा जातीय विविधता र विकासको विषयमा अन्तर्वार्ता", टीन भोग।
- ↑ @ThirstProject (सेप्टेम्बर २९, २०१९), "द क्यामरन बोइस पायोनियरिङ्ग स्पिरिट अवार्डले उनको स्मृति सधैँ हाम्रो मनमा जिउँडो राख्नेछ । यो पुरस्कार दिन पाउँदा हामीलाई गर्व लागिरहेको छ 💙💧" (ट्विट) – ट्विटरद्वारा।
- ↑ क्यामरन बोइस (अक्टोबर ३१, २०१४), "युनाइटेड वे अफ अमेरिकाको होमवाक अभियानका लागि $५०० उठाउने पहिलो ५ व्यक्तिलाई विशेष उल्लेख गर्नेछु । धन्यवाद !!!" – इन्स्टाग्रामद्वारा।
- ↑ "१२ औँ वार्षिक होमवाकले $११,००,००० उठायो", द लस एन्जलस इन्डिपेन्डेन्ट, मे २३, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-३१ मिति
- ↑ इट्स अन अस (जुलाई ७, २०१९), "इट्स अन असका साथी र क्याम्पसमा हुने यौन हिंसाको विरोधमा खडा हुने हाम्रो समर्थक क्यामरन बोइसको मृत्युको समाचार सुनेर हामी मर्माहत भएका छौँ । उनको परिवार प्रति समवेदना प्रकट गर्दछौँ । ❤️" – इन्स्टाग्रामद्वारा।
- ↑ क्यामरन बोइसको टोली, "क्यामरन बोइसले लुकस्ट्रङ फाउन्डेशनसँग सिकल-सेल रोग लागेका बालबालिकालाई अस्थी मज्जा प्रत्यारोपणको लागि सक्दो दान दिने र उनीहरूसँग भकुण्डो खेल्थे भन्ने धेरैलाई थाहा छैन ।", अन्तिम पहुँच अगस्ट १९, २०१९ – फेसबुकद्वारा।
- ↑ जोडी गुग्लिएल्मी (जुलाई ११, २०१९), "क्यामरन बोइसका प्रियजनहरूले नयाँ सामाजिक सञ्जाल अभियानको सुरुवात गरी उनको विरासतलाई निरन्तरता दिइरहेका छन्", एमएसएन।
- ↑ डेनिस ग्रेडी (जुलाई १०, २०१९), "क्यामरन बोइसको छारे रोग कसरी २० वर्षको उमेरमा नै उनको मृत्युको कारण बन्यो", द न्यू योर्क टाइम्स।
- ↑ द क्यामरन बोइस फाउन्डेशन (जुलाई २५, २०१९), "वील्डिङ पीस द क्यामरन बोइस फाउन्डेशनको पहिलो लगानी गरिएको परियोजना हो । क्यामरन बोइसको विरासतलाई निरन्तरता दिन र शान्ति स्थापना गर्न हामी एक भई खडा हुनेछौँ ।" – इन्स्टाग्रामद्वारा।
- ↑ द क्यामरन बोइस फाउन्डेशन (अगस्ट १५, २०१९), "द क्यामरन बोइस फाउन्डेशनको पहिलो लगानी गरिएको परियोजना, वील्डिङ पीस भोलि देखि सुरु हुनेछन् । हाम्रो पृष्ठलाई अनुकरण गर्नुहोस् र थप जानकारीका लागि हाम्रो वेबसाइट हेर्नुहोस् । [...]" – इन्स्टाग्रामद्वारा।
- ↑ द क्यामरन बोइस फाउन्डेशन (सेप्टेम्बर २९, २०१९), "हिजो, १० औँ थर्स्ट गालामा क्यामरनले पोहोर साल जितेको पुरस्कारको नाम क्यामरन बोइस पायोनियरिङ स्पिरिट अवार्ड बनाई उनलाई सम्मान गरिएको थियो । उनले एक वर्ष अगाडि दिएको भाषणमा उनले हामी सबैलाई एकअर्काको साथ दिन आग्रह गरेका थिए । द क्यामरन बोइस फाउन्डेशनले थर्स्ट प्रोजेक्टलाई युगान्डामा इनार बनाउनका लागि $८,००० दान दिएको जानकारी गराउँदा हामीलाई गर्व लागिरहेको छ । हामी थर्स्ट प्रोजेक्टलाई विश्वको खानेपानीसम्बन्धि समस्या समाधान गर्न र क्यामरनको लागि महत्त्वपूर्ण सबै मुद्दाहरूमा साथ दिन सक्ने आशा गर्दछौँ ।" – इन्स्टाग्रामद्वारा।