उत्तोलक
स्वरूप
निश्चित बिन्दु (फलक्रम) मा आड लिएर दायाँ-बायाँ वा तलमाथि चल्न सक्ने लाम्चो आकारका सरल यन्त्रहरूलाई उत्तोलक भनिन्छ । उत्तोलकहरूले काम छिटो, छरितो, सजिलो तथा सुविधायुक्त तरिकाले सम्पन्न गर्न मद्दत गर्दछ्न् । दैनिक जिवनमा प्रयोग गरिने यन्त्र उपकरणहरू जस्तै : ढिकी, तराजु, कैंची, चिम्टा, ठेलागाडा आदि केहि उत्तोलकका उदाहरण हुन् ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1b/Simple_lever_forces.svg/250px-Simple_lever_forces.svg.png)
उत्तोलक साधरणतया ३ दर्जाका हुन्छ्न् :
- पहिलो दर्जाको उत्तोलक - ढिकी, कैंची, तराजु
- दोश्रो दर्जाको उत्तोलक - सरौतो, एक पांग्रे ठेलागाडा
- तेस्रो दर्जाको उत्तोलक - चिम्टा,
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा उत्तोलक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।