सामग्रीमा जानुहोस्

अविनाश बोहरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अविनाश बोहरा
व्यक्तिगत जानकारी
जन्म (1997-07-30) ३० जुलाई १९९७ (उमेर २७)
सल्यान, नेपाल
ब्याटिङदाहिने हातको ब्याट
बलिङदाहिने हात मध्यम
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप २१)५ फेब्रुअरी २०२० v ओमान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय८ फेब्रुअरी २०२० v संयुक्त राज्य अमेरिका
टिट्वान्टी पहिलो खेल (क्याप २३)३१ जनवरी २०१९ v युएई
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय३१ अक्टोबर २०२३ v मलेसिया

अविनाश बोहरा (जन्म ३० जुलाई १९९७) एक नेपाली क्रिकेट खेलाडी हुन्। उनी दायाँ हाते ब्याट्सम्यान हुन् जसले दाहिने हात मध्यम गतिमा बलिङ गर्छन्।[] बोहराको जन्म सल्यानमा भएको थियो। बाल्यकालमा उनी सधैँ सेनामा भर्ती हुन चाहन्थे। तर, आर्मीको ट्रायलमा सफल हुन नसकेपछि उनले नेपालगन्ज यू–१९ क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै क्रिकेट यात्रा सुरु गरे। उनले २०१४ राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगितामा नेपालगन्जका लागि दुई खेलमा सात विकेट (बैतडी विरुद्ध तीन र वीरगन्ज विरुद्ध चार) हानेका थिए र यसले क्रिकेटलाई करियरको विकल्पको रूपमा छनौट गर्न थप आत्मविश्वास दिएको उनको विश्वास छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Abinash Bohara", ESPN Cricinfo, अन्तिम पहुँच ३१ जनवरी २०१९ 
  2. "A tale of passion and determination: Abinash Bohara; Nepal's death over specialist", Emerging Cricket, अन्तिम पहुँच ३० डिसेम्बर २०२०