"बङ्गलादेशको मन्त्रिपरिषद्" का संशोधनहरू बिचको अन्तर
नयाँ लेख सार्वजनिक गरियो। चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
(कुनै भिन्नता छैन)
|
२१:५१, ११ अगस्ट २०२४ जस्तै गरी पुनरावलोकन
बङ्गलादेशको मन्त्रिपरिषद् जनवादी गणतन्त्र बङ्गलादेश सरकारको कार्यकारी शाखाको प्रमुख संस्था हो। विधायिकाले बनाएको कानुनलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री नेतृत्वको सरकारका नीति तथा निर्णयहरू कार्यान्वयन गर्दछ र सम्पादन गरिएका कार्यहरूका लागि राष्ट्रिय संसद्प्रति सामूहिक रूपमा उत्तरदायी हुन्छ।[१] मन्त्रिपरिषद् सामान्यतया प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पूर्ण सरकारको सामूहिक निर्णय गर्ने निकाय हो, जसमा प्रधानमन्त्री र अन्य मन्त्रिपरिषद्का मन्त्रीहरू समावेश हुन्छन्। कामचलाउ वा अन्तरिम सरकार गठनको समयमा मन्त्रिपरिषद् मुख्य सल्लाहकार र अन्य सल्लाहकारहरू मिलेर बनेको हुन्छ। यी "सल्लाहकार" पदहरू आ-आफ्नो मन्त्री पदहरू बराबरका हुन्छन्। बङ्गलादेशको संविधानको धारा ७० ले अनियन्त्रित निर्विरोध सत्ता प्रधानमन्त्रीको हातमा सुम्पेको भन्दै आलोचना हुँदै आएको छ। बङ्गलादेशको २१औँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेख हसिनाबाहेक २५ पूर्ण मन्त्री र ११ राज्यमन्त्रीहरू थिए। ७ जनवरी २०२४ मा बङ्गलादेशको १२औँ संसदीय निर्वाचनपछि, मन्त्रिपरिषद् महाशाखाले ११ जनवरी २०२४ मा शेख हसिनाको नेतृत्वमा गठित मन्त्रीहरूको नाम घोषणा गरेको थियो। नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले जनवरी ११ मा शपथ लिएका थिए।[२][३]
सन् २०२४ अगस्ट ५ मा पूर्व प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनपछि राष्ट्रपति मोहम्मद साहाबुद्दीनले ६ अगस्ट २०२४ मा संसद विघटन गरेपछि अन्तरिम सरकार बनाउका लागि बाटो खुलेको थियो भने हाल मुहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा भूमिका निर्वाह गरेका छन्।[४][५]
सन्दर्भ सामग्रीहरू
- ↑ "নির্বাহী - বাংলাপিডিয়া"। bn.banglapedia.org। सङ्ग्रह मिति २०१९-०२-०५।
- ↑ "কে কোন মন্ত্রণালয় পেলেন (পুরো তালিকা)"। যুগান্তর। सङ्ग्रह मिति ६ जनवरी २०१९।
- ↑ "নতুন সরকারের মন্ত্রী-প্রতিমন্ত্রী-উপমন্ত্রী হচ্ছেন যারা"। ডেইলি স্টার। सङ्ग्रह मिति ६ जनवरी २०१९।
- ↑ "Bangladesh parliament dissolved, president’s office says", Al Arabiya (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०६।
- ↑ "জাতীয় সংসদ বিলুপ্ত ঘোষণা"। ঢাকা পোস্ট। ६ अगस्ट २०२४। सङ्ग्रह मिति ६ अगस्ट २०२४।