सहस्राब्दी विकास लक्ष्य
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सहस्राब्दी विकास लक्ष्यसम्यक्त राष्ट्र सङ्घीय सम्मेलनको घोषणा पत्रद्बारा सन्२०००को सेप्टेम्वरमा जारी गरीएको हो। यस विकास लक्ष्यमा ८ वटा उद्देश्य,१८ वटा लक्ष्य र ४८ वटा सूचकहरू समावेश गरिएको छ। यस सहस्रब्दी विकास घोषणापत्रमा १४७ देशका सरकार प्रमुख सहित १८९ देशका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। यस घोषण पत्र मार्फत विकास, शान्ति तथा सुरक्षा,लैगिक समानता,विभिन्न स्वरूपको गरिवी निवारण र दिगो मानव विकासका पक्षमा गहिरो प्रतिबद्धता ब्यक्त गरिएको छ।
- लक्ष्यहरू
- चरम गरीबी र भोक उन्मूलन,
- प्राथमिक शिक्षा सार्वभौमिक लक्ष्य-प्राप्ति,
- लैङ्गिक समानतालाई बढावा र महिला सशक्तिकरण,
- बाल मृत्यु दर घटाउने,
- मातृ स्वास्थ्यमा उन्नति,
- एच आई भी/एड्स(HIV/AIDS), औले जरो र अन्य बिमारीहरूमा रोकथाम,
- पर्यावरणमा स्थिरता सुनिश्चित र
- विकासको लागि वैश्विक साझेदारीको विकास..[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Background page, United Nations Millennium Development Goals website, retrieved 16 June 2009.
विकिमिडिया कमन्समा सहस्राब्दी विकास लक्ष्य सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।