के-पप (कोरियाल: 케이팝, कोरियन पप को लघु रुप) दक्षिण कोरियाबाट विकास भएको सांगीतिक रुप हो । नब्बेको दशकबाट नै केपपको विकास हुदैँ आएपनि सन् २०००बाट चर्चित हुन आएको हो, जसअघि केपपको सट्टामा गायो (가요) शब्दको प्रयोग गरिन्थ्यो । केपप अन्तर्गत रक, ज्याज, गोसपेल, हिप हप, आर&बी, इलेक्ट्रोनिक डान्स, फोल्क, कन्ट्री पर्दछन् भने उक्त संगीतमा कोरियाली सांगीतिक झल्को पनि मिसिएका हुन्छन् । आधुनिक केपपको सन् १९९२ मा स्थापित श्रेय सेओ ताजी एन्ड बोइज् लाई जान्छ । विभिन्न शैली, पश्चिमा संगीत, र विविध सांगीतिक शैलीगत प्रयासले दक्षिण कोरियाको सागंतिक माहोललाई आधुनिक बनाउने प्रयास भएको थियो ।[]

सन् १९९६ को केटाहरूको हट नामक समुहको स्थापनाबाट आधुनिक केपपलाई आइडल मान्ने संस्कृति विकास भएको हो । सन् २००३ पछि TVXQ र BOA जस्ता समुहले दक्षिण कोरियाको छिमेकी देश जापान लगायत विश्वमा नै चर्चा बटुल्न सुरु भयो, जुन आजसम्म पनि कायम रहेको छ ।सामाजिक संजाल, के-ड्रामा जस्ता कोरियाली टेलिभिजन कार्यक्रमले सन्सार भरि नै प्रसिद्धि कमाउन सफल भएको छ । यसलाई कोरियन वेभको संज्ञा पनि दिइने गरिन्छ ।

कोरियाली संगितको सुरुवात सन् १८८५ मा अमेरिकी मिजनरी द्वारा अमेरिकी र बेलायती लोक संगीत स्कुलमा सिकाउन थालीसकेपछि भएको मानिन्छ । ती गीतहरूलाई चान्गा भन्ने गरिन्थ्यो, जसमा धुन पश्चिमी शैलीमा भएपनि शब्द भने कोरियाली हुने गरिन्थ्यो । सन् १९१० देखि १९४५ सम्ममट कोरियाली चान्गा लोकप्रिय बन्दै गयो ।

पहिलो कोरियाली पप एल्बम यी पुङ्गजीन सिवोल हो, यसलाई पार्क चे-स्योन र लिर्यु-सेकले सन् १९२५ मा निकालिएको थियो । यसमा जापानीबाट अनुवादित गितहरु थिए । पहिलो पप सङ्गीत भने सन् १९२९ मा लि ज्योङ-सुक द्वारा गाइएको थियो ।

सांगीतिक बजार

सम्पादन गर्नुहोस्

बिक्री र बजार मूल्य

सम्पादन गर्नुहोस्

सन् २००९ मा आइट्युन्स मा डीफएसबी केपप संगीतको पहिलो डिस्ट्रीब्युटर बनेको थियो ।

सन् २०११ मा मात्रै ११०० एल्बमहरू दक्षिण कोरियामा रिलिज भएको थियो । दुई तिहाइ एल्बममा मात्रै हिपहप संगीतको प्रयोग भएको थियो । बाँँकी एक तिहाई अन्य सांगीतिक शैलीले भरिएका थिए ।

सन् २०१२ मा केपप संगित डाउनलोड गरेको मूल्य अमेरिकी $०.१० थियो भने अनलाइनमा बजाउँदा अमेरिकी $०.०००२ रहेको थियो । सन् २०१२ को मध्य सम्ममा कोरियाली सांगितिक बजारले अमेरिकी $३.४ बिलियन आर्जन गर्न सफल भएको थियो । यो अघिल्लो वर्ष भन्दा २७.८% ले वृद्धि भएको थियो । टाइम म्यागजिनले यसलाई "दक्षिण कोरियाको सबैभन्दा ठुलो निर्यात" भनी उल्लेख गरेको थियो ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Hartong, Jan Laurens (२००६), Musical terms worldwide: a companion for the musical explorer, Semar Publishers, पृ: १५, आइएसबिएन 978-88-7778-090-4, अन्तिम पहुँच डिसेम्बर ५, २०११ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्