सामग्रीमा जानुहोस्

रेडियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:पहिलो रेडियो.jpg
अमेरिका स्थित पहिलो रेडियो स्टेशन

रेडियो प्रसारणसम्बन्धि विद्युत-चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएतापनि सन् १९१९ मा मात्र रेडियो प्रसारण सुरु भएको हो। अक्टोबर सन् १९१९ मा अमेरिकाको पिट्सवर्ग शहरमा वेस्टिङहाउस कम्पनीले पहिलो व्यावारिक रेडियो खोलेको हो। सन् १९२० को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो।

यसैक्रममा सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो। नेपालमा अप्रिल सन् १९५० (२० चैत्र २००७) देखि काठमाडौमा औपचारिक रुपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो। यसै रेडियोलाई पछि रेडियो नेपाल नामाकरण गरिएको हो।

नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षपछि गैर सरकारी क्षेत्रमा एफएम प्रविधिको प्रयोग गरि रेडियो प्रसारण गर्नका लागि इजाजत दिने काम सुरु भयो। विस २०५४ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशन हो।

हेर्नुहोस्

बाहिरी लिन्कहरु‍

रेडियो नेपाल
रेडियो सगरमाथा १०२.४
हिट्स एफ ९१.२
कान्तिपुर एफ.एम. ९१.६
एच.बि.सी. एफ.एम. ९४.०