म्याथ्यु बोमर
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
म्याथ्यु बोमर | |
---|---|
जन्म | म्याथ्यु स्टेटन बोमर अक्टोबर ११, १९७७ स्प्रिन्ग, टेक्सस, युएस् |
मातृ शिक्षाप्रतिष्ठान | कार्नेगि मेलन विश्वविद्यालय |
पेशा | अभिनेता |
कार्यकाल | २०११–हाल |
समकक्षी | साईमन हल्स |
सन्तान | ३ |
म्याथ्यु स्टेटन "म्याट"[१] बोमर (जन्म: ११ अक्टोबर, १९७७) एक अमेरिकी चलचित्र, मन्च र टेलिभिजन अभिनेता हुन जो सबैभन्दा राम्ररी युएस्ए नेटवर्क टेलिभिजन शृङ्खला व्हाइट कलरको स्टारको रूपमा जानिन्छन।
२०११मा उनले गाईडिंग लाईटबाट आफ्नो टिभि करियर सुरुवात गरे र पछि एनबिसि टेलिभिजन शृङ्खला चकमा ब्राईस लार्किनको भूमिकाको लागि प्रसिद्धि कमाए। बोमर विभिन्न चलचित्रमा खेलेका छन जस्तै २००५को फ्लाईटप्लान र २०११को ईन टाईम।
बोमरले ब्रडवेको विलशायर ईबेल थिएटरमा डस्टिन लान्स ब्ल्याकको नाटक '८'मा जेफ जरिल्लोको भुमिकामा पनि अभिनय गरेका छन।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]म्याट बोमर स्प्रिन्ग, टेक्सस, ह्युस्टनको एक उपनगरमा सिस्सि र जन बोमरको छोराको रूपमा जन्मिएका थिए।[२][३] उनले आफ्नो अभिनेता मित्र लि पेससँग क्लेन हाई स्कूल (ह्युस्टन बाहिर स्थित)मा पढेका थिए।[३] यस बाहेक उनीहरू दुबैले ह्युस्टन एलि थिएटर, एक गैर-लाभ थिएटर कम्पनीमा काम गरेका थिए।[२]
२०११मा बोमरले पिट्सबर्ग, पेन्सिल्भेनियामा अवस्थित कार्नेगी मेलन विश्वविद्यालयबाट ललित कलामा स्नातकको उपाधि प्राप्त गरे।[४]
करियर
[सम्पादन गर्नुहोस्]२०००मा कार्नेगि मेलन विश्वविद्यालयको नाटक स्कुलबाट स्नातक गरे पछि उनी न्यु योर्क शहर, न्यु योर्कमा बस्न थाले र मन्चमा काम गर्न थाले। त्यसपछि उनले अल माई चिल्ड्रेन[५] नामक एबिसि टेलिभिजन नेटवर्कको धारावाहिक शृङ्खलामा ईयन किप्लिन्गको सानो भुमिका पाए। २००१ देखि २००३ सम्म उनले सिबिएस् टेलीभिजन नेटवर्कको धारावाहिक शृङ्खला, गाईडिन्ग लाईटमा बेन रिडको भुमिका निभाए।[६]
उनले फक्सको वैज्ञानिक तथा काल्पनिक टेलिभिजन शृङ्खला, ट्रु कलिन्गमा (२००३–२००४) ट्रु (एलाईजा डुश्कु)को प्रेमि लुकको भुमिकामा पनि अभिनय गरेका थिए।
बोमर नर्थ शोर (२००४-२००५), एक प्राईम टाईम टिभि धारावाहिक शृङ्खला र चलचित्र फ्लाईटप्लानमा (२००५), जोडि फस्टरसँग देखिएका थिए।
स्ल्याशर चलचित्र द टेक्सस चेन श म्यास्याकर: द बिगिनिन्ग (२००६) मा, बोमर एक अनुभवि भियतनाम युद्ध जेनेरलको भुमिकामा देखिए। उनी २००७को ट्राभलरमा पनि खेले जुन एक सानो टिभी शृङ्खला थियो र ३० मे २००७मा एबीसीमा प्रिमियर भएको थियो। उनले एनबिसि टेलिभिजन नेटवर्कमा कमेडी शृङ्खला चक (२००७-२००९)मा ब्राइस लार्किनको रिकर्रिन्ग भूमिका पनि खेलेका थिए।
२३ अक्टोबर २००९मा बोमर व्हाइट कलर नामक शृङ्खलामा देखिन थाले जसमा उनी निल क्याफ्रि जो एक चोर हुन्छ र जसले एफबिआई एजेन्ट पिटर बर्क (टिम डिके) सँग साझेदारी गर्दछ।[७]
बड्डि टिभिले उनलाई "२०११को टिभिको सेक्सियस्ट म्यान"को आफ्नो सूचीमा #१ स्थानमा राखेको थियो।[८]
बोमरले सेप्टेम्बर २०११मा ब्रडवेको विलशायर ईबेल थिएटरमा डस्टिन लान्स ब्ल्याकको नाटक '८'मा जेफ जरिल्लोको भुमिकामा पनि अभिनय गरेका छन।[९] मार्च २०१२मा उनी विलशायर ईबेल थिएटरको उत्पादनमा जेफ जरिल्लोको भुमिकामा पनि देखिएका थिए।[१०][११]
अक्टोबर २०११मा बोमर वैज्ञानिक-थ्रिलर चलचित्र ईन टाईममा देखा परे जसमा उनले एक १०५ वर्षिय हेन्री ह्यामिल्टनको भुमिका निभाएका थिए जसले जस्टिन टिम्बरलेकलाई आत्महत्या गर्नुभन्दा पहिले आफ्नो "समय" दिन्छ।
निजि जीवन
[सम्पादन गर्नुहोस्]बोमर प्रचारक साईमन हल्ससँग प्रेम सम्बन्धमा छन। उनीहरूको सरोगेसिबाट तीन छोरा छन जसमा जुड्वा पनि छन।[१२][१३] बोमरले फेब्रुवरि २०१२को स्टिभ चेज मानवतावादी पुरस्कारको लागि आफ्नो भाषणमा आफू एक समलैंगिक भएको बताएका थिए जसमा उनले हल्स र आफ्नो बच्चाहरूलाई धन्यवाद दिए।[१३]
बोमरको आफ्नो उच्च विद्यालयका सहपाठि लि पेस र लिन कोलिन्ससँग राम्रो मित्रता रहेको छ।[१४]
अभिनयको सूचि
[सम्पादन गर्नुहोस्]टेलिभिजन
[सम्पादन गर्नुहोस्]वर्ष | शीर्षक | भुमिका | च्यानल | टिप्पणी |
---|---|---|---|---|
२००१–२००३ | गाईडिन्ग लाईट | बेन रिड | सिबिएस | मुख्य कलाकार |
२००३–२००४ | ट्रु कलिन्ग | लुक जन्स्टन | फक्स | प्रथम सत्र |
२००४ | नर्थ शोर | रस | फक्स | प्रथम सत्र, भाग १२ "बेलपोर्ट" |
२००६ | एमि कोईन[१५] | केस | फक्स | प्रथम भाग |
२००७ | ट्राभलर | जे बुर्चेल | एबिसि | मुख्य कलाकार |
२००७–२००९ | चक | ब्राईस लार्किन | एनबिसि | रिकरिन्ग भुमिका (७ भाग) |
२००९–हाल | व्हाईट कलर | निल क्याफ्रि | युएस्ए नेटवर्क | मुख्य भुमिका |
२०१२ | ग्ली | कुपर एन्डरसन | फक्स | अतिथि भुमिका ("बिग ब्रदर") |
चलचित्र
[सम्पादन गर्नुहोस्]वर्ष | चलचित्र | भूमिका |
---|---|---|
२००५ | फ्लाईटप्लान | एरिक |
२००६ | द टेक्सस चेन् श म्यास्याकर: द बिगिनिन्ग | एरिक |
२०११ | ईन टाईम | हेन्री |
२०१२ | म्याजिक माईक (निर्माणको क्रममा) | केन |
सन्दर्भ सूचि
[सम्पादन गर्नुहोस्]- ↑ "Matt Bomer on Jimmy Kimmel Live", Jimmy Kimmel Live!, जनवरी ३१, २०११, अन्तिम पहुँच फेब्रुअरी २, २०११।
- ↑ २.० २.१ Dansby, Andrew (अक्टोबर १०, २००९), "Spring Native Matt Bomer Lands Lead Role on USA", Houston Chronicle, अन्तिम पहुँच फेब्रुअरी २, २०११। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २६, २००९ मिति
- ↑ ३.० ३.१ http://www.fancast.com/people/Matthew-Bomer/294574/biography/about वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-१९ मिति
- ↑ Staff writer (Undated). "The Best of Primetime". Carnegie Mellon University. Retrieved October 23, 2009.
- ↑ इन्टरनेट चलचित्र डेटाबेसमा Bomer/ म्याथ्यु बोमर Script error: No such module "Preview warning".
- ↑ Katz, David (अक्टोबर २०, २००१), "Matt Bomer's Big Break: Movies + TV", Details, अन्तिम पहुँच जनवरी १६, २०१०।
- ↑ Eng, Joyce (October 22, 2008). "Chuck's Matthew Bomer Spies New Series". TV Guide. Retrieved October 23, 2009.
- ↑ "TV's 100 Sexiest Men of 2011", BuddyTV, अन्तिम पहुँच जनवरी १३, २०१२।
- ↑ "Matt Bomer Joins Black's Prop. 8 Play", The Advocate, अन्तिम पहुँच १५ मार्च २०१२।
- ↑ ""8": A Play about the Fight for Marriage Equality", YouTube, अन्तिम पहुँच १७ मार्च २०१२।
- ↑ "YouTube to broadcast Proposition 8 play live", pinknews.co.uk, अन्तिम पहुँच १५ मार्च २०१२।
- ↑ Christine Lennon (फेब्रुअरी २००८), "Daddy's Little Helpers", W, अन्तिम पहुँच मार्च १५, २०१२। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १६, २०१२ मिति
- ↑ १३.० १३.१ Jeremy Kinser (फेब्रुअरी १३, २०१२), "Matt Bomer Acknowledges Partner, Family", Advocate.com, अन्तिम पहुँच फेब्रुअरी १४, २०१२।
- ↑ Dansby, Andrew (नोभेम्बर १, २००९), "'White Collar' Star Hopes the Numbers Are Right", Houston Chronicle, अन्तिम पहुँच नोभेम्बर १, २००९।
- ↑ Staff writer (नोभेम्बर ५, २००५), "Development Update: May 10-11", The Futon Critic, अन्तिम पहुँच जुन ८, २०११।