सामग्रीमा जानुहोस्

"मदनमणि दीक्षित" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
i have written about his writing nature and his writing style
पङ्क्ति ५०: पङ्क्ति ५०:


नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्‍कारबाट पनि सम्मान गरेको थियो । दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि बनेका थिए ।
नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्‍कारबाट पनि सम्मान गरेको थियो । दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि बनेका थिए ।

Writing nature Rastrapremi,Rastrabadi,Samajbadi,Yatharthabadi Etc


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

११:४५, १५ जुलाई २०२४ जस्तै गरी पुनरावलोकन


मदनमणि दीक्षित
जन्मवि.सं. १९७९ फागुन ६
गैरीधारा, काठमाडौँ
मृत्युवि. सं. २०७६ श्रावण ३०
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा, नाटक, व्यङ्ग्य
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार, साझा पुरस्कार, पद्यश्री साधना सम्मान
धर्महिन्दु

मदनमणि दीक्षित (वि.सं. १९७९ - २०७६) नेपाली भाषाका साहित्यकार हुन्।

| प्रकाशित कृतिहरू = "कसले जितो कसले हारो","हाम्रा तिन दिन","त्यो युग"

जीवनी

मदनमणिको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौँमा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन भएको हो । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितलाई वि. सं. २०६८ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

मृत्यु

मदनमणि दीक्षितको निधन वि. सं. २०७६ साल श्रावण ३० गते जनैपूर्णिमाका दिन भएको छ। निमोनियाका कारण अस्पताल भर्ना गरिएका उनी स्वास्थलाभ पश्चात् घर फर्किएका थिए। तर बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको छ।[१]

कृतिहरू

उनको पहिलो रचनाका रूपमा वि.सं. २०१९ मा रूपरेखामा 'कसले जित्यो कसले हार्‍यो' शीर्षक कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । उनका प्रकाशित केही कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध सङ्ग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध सङ्ग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो? (कथा सङ्ग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा सङ्ग्रह, सन् १९८५)
१२. जीवन महाअभियान १३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)
उनले समीक्षा (साप्ताहिक)को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन् ।

पुरस्कार

बि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले भानुभक्त पुरस्कार, लेखनाथ साहित्य पुरस्कार, भूपालमानिसंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट सम्मानित भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ ।[२]

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्‍कारबाट पनि सम्मान गरेको थियो । दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि बनेका थिए ।

Writing nature Rastrapremi,Rastrabadi,Samajbadi,Yatharthabadi Etc

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू