Jump to content

विकिमिडिया स्मृतिशेष कथन

From Wikimedia Foundation Governance Wiki
This page is a translated version of the page Policy:Cookie statement and the translation is 90% complete.
Outdated translations are marked like this.

चेतावनी: शीर्षक देखाउने "विकिमिडिया स्मृतिशेष कथन" पूर्व देखाइएको शीर्षक "नीतिःस्मृतिशेष कथन" मा अतिक्रमण गरिँदै छ।

हाम्रो गोपनीयता नीतिमा उल्लेख गरिएको अनुसार, विकिमिडिया गोपनीयता र पारदर्शिताको मूल्यमा दृढ विश्वास गर्दछ। यसमा, हामीले विकिमिडिया साइटमा स्मृतिशेषको प्रयोगको सही सन्दर्भ सहयोगीको रूपमा यो स्मृतिशेष कथन तयार गरेका छौँ। यस स्मृतिशेष कथनले हामीले स्मृतिशेषहरू (र अन्य स्थानीय रूपमा सुरक्षित डेटाका प्रविधिहरू) कसरी प्रयोग गर्दछौँ, तेस्रो-पक्षीय स्मृतिशेषहरू कसरी प्रयोग गर्दछौँ, र तपाईले स्मृतिशेषको विकल्पहरू कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ भनेर व्याख्या गर्दछ। हाम्रो गोपनीयता अभ्यासहरूको थप जानकारीको लागि कृपया हाम्रो गोपनीयता नीतिमा जानुहोस्।

विकिमिडिया फाउन्डेसन, विकिमिडिया साइटहरू सञ्चालन गर्ने गैर-लाभकारी सङ्गठन हो जुन विभिन्न सामान्यतया प्रयोग हुने प्राविधिहरूसँग केही प्रकारको जानकारी सङ्कलन गर्न सक्रिय रूपमा संलग्न छ। यसमा सामान्यतया ट्र्याकिङ पिक्सेल, जाभा स्क्रिप्ट, र स्मृतिशेषस्थानीय भण्डारण जस्ता 'स्थानीय रूपमा भण्डारण गरिएको डेटा' प्राविधिहरूको विविधता समावेश हुन्छ।

स्मृतिशेष भनेको के हो?

"स्मृतिशेष" तपाईको कम्प्युटर, मोबाइल फोन, वा तपाईले विकिमिडिया साइटहरूमा पहुँच गर्न प्रयोग गर्ने कुनै पनि उपकरणमा स्थानान्तरण गरिने सानो डाटा फाइल हो जसलाई साधारणतया प्रमाणीकरण र ट्र्याकिङ गर्नका लागि प्रयोग गरिन्छ। प्रत्येक स्मृतिशेष एउटा निश्चित समय पछि समाप्त हुन्छ, तर त्यो समय स्मृतिशेष भनेको के हो र तपाईको ब्राउजर कसरी पहुँच गरिएको छ भन्ने कुरा अनुसार भिन्न हुन्छ।

स्मृतिशेषहरू समाप्त हुनु पूर्व कहिलेसम्म सक्रिय रहन्छन् भनेर प्रायः यस आधारमा वर्गीकृत गरिन्छ। एक 'सत्र'को स्मृतिशेष सामान्यतः तपाईको वेब ब्राउजर वा मापन अनुप्रयोग बन्द गर्दा समाप्त हुने कुरा हो। एक 'स्थायी' स्मृतिशेष भनेको तपाईको ब्राउजर वा मोबाइल अनुप्रयोग बन्द गरिसकेपछि पनि तपाईको उपकरणमा रहन्छ। स्थायी स्मृतिशेष हामीद्वारा सेट गरिएका अवधिको आधारमा वा तपाईले यसलाई म्यान्युअली मेटेपछि समाप्त हुन्छ। तपाई विकिपिडियामा स्मृतिशेषहरूको बारेमा थप जान्न सक्नुहुन्छ

तपाई आफ्नो ब्राउजर सेटिङहरू मार्फत स्मृतिशेष मेट्न वा निष्क्रिय गर्न सक्नुहुन्छ। तपाईको स्मृतिशेषका विकल्पहरू व्यवस्थापन गर्ने तरिकाबारे थप जानकारीको लागि, कृपया तलको यस स्मृतिशेष वक्तव्यको खण्ड ३ हेर्नुहोस्।

यस र अन्य महत्त्वपूर्ण सर्तहरूको बारेमा अझ बढी जानकारीको लागि, कृपया हाम्रा गोपनीयता नीति शब्दकोश पढ्नुहोस्।

विकिमिडियाद्वारा कुन प्रयोजनको लागि कस्तो प्रकारका स्मृतिशेषहरू प्रयोग गरिन्छ?

विकिमीडिया साइटहरू पढ्न वा सम्पादन गर्न स्मृतिशेषहरू आवश्यक पर्दैन। हामी स्मृतिशेषहरू र अन्य स्थानीय रूपमा भण्डारण गरिएका डाटा प्रविधिहरूबाट प्राप्त जानकारीहरू विकिमिडिया साइटहरूसँग तपाईको अनुभवलाई सुरक्षित र राम्रो बनाउन, विकिमिडिया साइटहरूसँगको प्रयोगकर्ता प्राथमिकताहरू र अन्तरक्रियाहरूको बारेमा अझ बढी बुझ्न, र सामान्यतया हाम्रो सेवाहरू सुधार गर्न प्रयोग गर्दछौँ। लगइन गर्न र स्मृतिशेषहरू बिना प्रयोगकर्ता खातामा तपाईको सम्पादनहरू सम्बन्धित हुन स्मृतिशेषहरू आवश्यक छन् जुन तपाईको सम्पादनहरू अज्ञात र खातासँग असम्बन्धित हुनेछन्।

हामी विभिन्न उद्देश्यहरू पूरा गर्न स्मृतिशेष, जाभास्क्रिप्ट, ट्र्याकिङ पिक्सेलहरू, र अन्य स्थानीय रूपमा भण्डार गरिएको डाटा प्रविधिहरू प्रयोग गर्दछौँ। तल हामी प्रयोग गर्ने स्मृतिशेषका श्रेणीहरूको सूची र ती केका लागि प्रयोग गरिन्छ भनेर वर्णन गरिएको छ।

कार्यक्षमता:

यी स्मृतिशेषहरूले विकिमिडिया साइटहरूलाई काम गर्न मद्दत गर्छन् र तपाईलाई विकिमिडिया साइटमा पहुँच गर्न र तिनीहरूको सुविधाहरू प्रयोग गर्न सक्षम बनाउन अनिवार्य छन्। यी स्मृतिशेषहरूले तपाईको प्रयोगकर्ता नामलाई लगइन क्षेत्रमा सम्झन, तपाईको सत्र कायम राख्न र अघिल्लो कार्यहरू सम्झन, तपाईलाई लगइन गरिराख्न (यदि चयन गरिएको छ) र थप कुराहरू गर्नका लागि उपयोगी छन्।

यहाँ केही उदाहरणहरू छन्ः

नाम समाप्ति श्रेणी यसले के गर्छ?
centralauth_Token

{$wgCookiePrefix}* Token

३६५ दिनहरू, यदि प्रयोगकर्ताले 'मलाई प्रवेश गराइराख्नु' छान्दछन्। अन्यथा हटाइएको। कार्यक्षमता 'मलाई लग इन अवस्थामा राख्नुहोस्' कार्यक्षमता प्रदान गर्दछ।
{$wgCookiePrefix}* UserID, UserName ३६५ दिनहरू, यदि प्रयोगकर्ताले 'मलाई लगइनमा राख्नुहोस्' छान्दछन्। अन्यथा ३० दिनहरू। कार्यक्षमता तपाईलाई विकीमा पहिचान गर्न मद्दत गर्दछ, र तपाईलाई लग इन राख्दछ।
loginnotify_prevlogins १८० दिनहरू कार्यक्षमता तपाई एउटा ज्ञात उपकरणबाट लग इन गर्दै हुनुहुन्छ भनी प्रमाणित गर्दछ।

यसले प्रयोगकर्तालाई सूचनाहरू प्रसारण गर्ने असफल लगइन प्रयासहरूको मापदण्डलाई प्रभाव पार्दछ।

centralauth_Session

{$wgCookiePrefix}* Session

जब प्रयोगकर्ता ब्राउजरबाट बाहिर आउँछन् कार्यक्षमता सत्रहरू प्रबन्ध गर्ने। विकिमिडिया परियोजनाहरूमा लग इन गर्ने जस्ता कार्यक्षमता प्रदान गर्दछ।

प्राथमिकताहरू:

एक थप अनुकूलित अनुभवको लागि यी स्मृतिशेषहरूले तपाईको प्राथमिकताहरूलाई सुरक्षित गर्दछन्, ताकि तपाईले अर्को पटक विकिमिडिया साइटहरू प्रयोग गर्दा तिनीहरू सम्झिन सकिन्छ। यो तपाईको भाषा प्राथमिकता पहिचान गर्न र यसलाई कायम राख्नका लागि उपयोगी छन्, तपाईले पाठको आकार, फन्ट र अन्य प्रदर्शन प्राथमिकताहरूमा गरिएका परिवर्तनहरू सम्झन सहयोग गर्दछन् जसले गर्दा हामी तपाईलाई चाहिएको रूप र थप अनुभव दिन सक्छौँ।

यहाँ केही उदाहरणहरू छन्ः

नाम समाप्ति श्रेणी यसले के गर्छ?
mwclientpreferences ३० दिनहरू प्राथमिकताहरू ग्रहक-पक्षको सेटिङको लागि प्रयोगकर्ता प्राथमिकताहरू जस्तै फन्ट साइज, अँध्यारो शैली, र चौडाई (फराकिलो वा मानक)का लागि प्रयोगकर्ता प्राथमिकताहरूलाई भण्डारण गर्दछ। यसले कुनै प्रयोगकर्ताहरूको लागि अनुकूलित ब्राउजिङ अनुभव सुनिश्चित गर्छ। थप विवरणका लागि, $decision तथ्याङ्कलाई हेर्नुहोस्।
stopMobileRedirect ३० दिनहरू प्राथमिकताहरू यदि तपाईलाई मन पर्दैन भने मोबाइल साइटमा पुनः निर्देशित नगर्न हामीलाई भन्नुहोस्।
uls-preferences स्थानीय भण्डारण, स्मृतिशेष होइन प्राथमिकताहरू तपाईलाई विश्वव्यापी भाषा चयनकर्ता कार्यका लागि प्राथमिकताहरू सेट गर्न अनुमति दिन्छ।
hidewatchlistmessage- [watchlistMessageId]

● जहाँ watchlistMessageld सन्देश लुकेको आइडी हो

२८ दिनहरू प्राथमिकताहरू प्रयोगकर्तालाई अवलोकनसूची सन्देश लुकाउन अनुमति दिन्छ।
userFontSize स्थानीय भण्डारण, स्मृतिशेष होइन प्राथमिकताहरू मोबाइल साइटमा तपाईको मनपर्ने फन्ट आकारको विवरण राख्छ।
preferredEditor स्थानीय भण्डारण, स्मृतिशेष होइन प्राथमिकताहरू मोबाइल साइटमा तपाईको मनपर्ने सम्पादकको विवरण राख्छ।

प्रदर्शन र विश्लेषण:

यी स्मृतिशेषहरूले आगन्तुकहरूको सङ्ख्या गणना गर्छन् र तपाईले विकिमिडिया साइटहरू कसरी प्रयोग गर्नुहुन्छ भन्ने बारे जानकारी सङ्कलन गर्छन्। यसले हामीलाई विकिमिडिया साइटहरूमा तपाईको प्रयोगकर्ता अनुभवलाई राम्रोसँग बुझ्न अनुमति दिन्छ र हामीलाई तपाई र अन्य प्रयोगकर्ताहरूका लागि तिनीहरूलाई सुधार गर्न मद्दत गर्दछ-उदाहरणका लागि, प्रयोगकर्ताहरूले उनीहरूलाई चाहिने कुरा सजिलैसँग फेला पार्दै छन् भनेर सुनिश्चित गर्दै। अन्य उदाहरणहरू समावेश छन्ः

  • भ्रमण गरिएका पृष्ठहरू र विकिमिडिया साइटहरूमा गरिएका कार्यहरू सम्झँदै ताकि हामी पृष्ठहरूलाई अनुकूलन गर्न सक्छौँ
  • यदि प्रयोगकर्ताहरूले वेब पृष्ठहरूबाट त्रुटि सन्देशहरू प्राप्त गर्छन् भने सम्झँदै

तपाईको भर्खरै पढेका लेखहरू तपाईको उपकरणमा सिधै भण्डारण गर्दै, ताकि तिनीहरूलाई चाँडै पुनःप्राप्त गर्न सकियोस्

  • खोज गरिएका विषयहरू सम्झँदै ताकि हामी तपाईलाई पहुँच प्रदान गर्ने खोजी परिणामहरूलाई अनुकूलन गर्न सकौँ
  • तपाईले आफ्नो अवलोकनसूचीमा राखिएका लेखहरूको सूची सम्झन्छ ताकि हामी तपाईलाई चासो हुने समान लेखहरूको सिफारिस गर्न सकौँ।

यहाँ केही उदाहरणहरू छन्ः

नाम समाप्ति श्रेणी यसले के गर्छ?
centralnotice_bucket ७ दिनहरू प्रदर्शन र विश्लेषण केन्द्रीय सूचना विस्तारमार्फत प्रयोगकर्ताहरूलाई उपलब्ध गराइएका सूचनाहरूको प्रभावकारिताबारे बुझ्न मद्दत गर्दछ। थप विवरणको लागि, Extension:CentralNotice हेर्नुहोस्।
ext.popups.core.previewCount स्थानीय भण्डारण, स्मृतिशेष होइन प्रदर्शन र विश्लेषण यसले हामीलाई होभरकार्डको प्रभावकारिता बुझ्न मद्दत गर्दछ।
WMF-Last-Access ३० दिनहरू प्रदर्शन र विश्लेषण हाम्रो साइटमा पहुँच गर्ने अद्वितीय उपकरणहरू गणना गर्न मद्दत गर्दछ। हेर्नुहोस्ः diff.wikimedia.org/2016/03/30/unique-devices-dataset/
WMF-Uniq 365 days, refreshed weekly प्रदर्शन र विश्लेषण Helps us count the number of site visitors, run A/B tests, and mitigate DDoS attacks. See: diff.wikimedia.org/2025/04/09/using-privacy-engineering-to-enable-modern-usability-testing-and-defend-against-network-attacks/

तेस्रो-पक्ष:

हामी कहिल्यै पनि हाम्रो विकिमा तेस्रो पक्षका स्मृतिशेषहरू प्रयोग गर्ने छैनौँ, जबसम्म हामीलाई यसका लागि तपाईको अनुमति प्राप्त हुँदैन। यी स्मृतिशेषहरूले हामीलाई तेस्रो पक्षले प्रदान गरेका सेवाहरू जस्तै 'मनपर्दछ' र 'साझा गर्नुहोस्' बटनहरू सिर्जना गर्न अनुमति दिनेछन्। जब तेस्रो पक्षले यसप्रकारका सेवाहरू प्रदान गर्छ, तिनीहरूले आफ्ना सेवाहरू प्रदान गर्नको लागि स्मृतिशेषहरूको प्रयोग आवश्यक पर्न सक्छ।

यदि तपाई कहिल्यै पनि विकिमिडिया विकि साइटहरूको पहुँचको समयमा तपाईको उपकरणमा स्थानान्तरण गरिएको तेस्रो-पक्ष स्मृतिशेष देख्नुभयो भने, जहाँ तपाईले त्यो स्मृतिशेषको प्रयोग र/वा स्थानान्तरणलाई अधिकृत गर्न कुनै कार्य गर्नुभएन (जसमा अर्को प्रयोगकर्ता वा प्रशासकले गल्तीले राखेको हुन सक्छ) कृपया हामीलाई त्यो स्मृतिशेष privacy@wikimedia.org मार्फत रिपोर्ट गर्नुहोस्।

विकिमिडिया फाउन्डेसनका गैर-विकि साइटहरूका बारेमा टिप्पणी:

केही गैर-विकी विकिमिडिया फाउन्डेसन साइटहरू तेस्रो-पक्ष सेवा प्रदायकद्वारा सञ्चालन गरिएका छन्।

वर्डप्रेस भिआइपीद्वारा सञ्चालन गरिएका साइटहरूको लागि वर्डप्रेस स्ट्याट्स मोड्युल सक्षम गरिएको हुनसक्छ। स्ट्याट्स एक सेवा हो जसले हामीलाई हाम्रो वर्डप्रेसद्वारा सञ्चालन गरिएका गैर-विकी साइटहरूमा कति आगन्तुक आउँछन्, तिनीहरूको देश अनुसार स्थान, र कुन पृष्ठ, पोष्ट र कडीहरू सबैभन्दा लोकप्रिय छन् भनेर बुझ्न अनुमति दिन्छ। केवल विकिमिडिया फाउन्डेसन र सेवा प्रदायक, अटोम्याटिक/वर्डप्रेसले मात्रै स्ट्याट्स डेटामा पहुँच पाउँछन्, जुन अधिकतम ३० दिनको लागि राखिन्छ। को बारेमा थप जानकारीको लागि, वर्डप्रेसको सहयोग पृष्ठको मोड्युल हेर्नुहोस्।

सिभिलाइज्ड डिस्कोर्स कन्स्ट्रक्नस किट, इङ्कद्वारा सञ्चालन गरिएका साइटहरू, जसलाई डिस्कोर्स फोरमहरू भनेर चिन्छ, कार्यक्षमताका लागि र प्राथमिकताहरू भण्डारण गर्न स्मृतिशेष प्रयोग गर्छन्। कच्चा डेटा मात्र विकिमिडिया फाउन्डेसन र सेवा प्रदायकलाई पहुँच योग्य छन्। स्मृतिशेषहरू र तिनीहरूको अवधिका बारेमा थप जानकारीको लागि, डिस्कोर्सको स्मृतिशेषको बारेमा जानकारी हेर्नुहोस्। कृपया ध्यान दिनुहोस् विकिमिडिया फाउन्डेसनले यसको डिस्कोर्स फोरमहरूलाई गुगल एनालिटिक्स प्रयोग गर्न, विज्ञापनहरू सेवा गर्न, वा चन्दा प्रक्रिया गर्न कन्फिगर गरेको छैन; ती उद्देश्यसँग सम्बन्धित डिस्कोर्स स्मृतिशेष हाम्रो साइटहरूमा प्रयोग गरिएका छैनन्।

मेरो स्मृतिशेष विकल्प के के छन्?

यो एउटा समग्र सूची होइन, तर यहाँ केही सामग्रीहरू छन् जुन तपाईले आफ्नो उपकरणमा स्मृतिशेषहरू र अन्य स्थानीय रूपमा सञ्चित डाटा प्रविधिहरूको प्रयोगलाई सीमित गर्न सक्नुहुन्छ। जबकि स्मृतिशेष र अन्य स्थानीय रूपमा सञ्चित डाटा प्रविधिहरूलाई हाम्रो साइटहरूको प्रयोग गर्न आवश्यक नहुन सक्छ, यदि तपाईले तिनीहरूलाई निष्क्रिय गरिदिनुभयो भने केही विशेषताहरू ठिकसँग काम नगर्न सक्छ।

तपाईले सक्नुहुन्छ:

  • तपाईको ब्राउजरको सेटिङहरूमा स्थानीय रूपमा भण्डारण गरिएको विशिष्ट डेटा हटाउनुहोस् वा असक्षम गर्नुहोस् (तपाई सबै स्मृतिशेषहरू अस्वीकार गर्न वा स्मृतिशेष कहिले पठाइन्छ भनेर सङ्केत गर्न आफ्नो वेब ब्राउजर पुन:सुरु गर्न सक्नुहुन्छ)
  • तेस्रो-पक्ष स्मृतिशेषहरू रोक्न सक्ने ब्राउजर प्रयोग गर्नुहोस्; वा

यदि एउटा उपलब्ध छ भने, स्थानीय रूपमा भण्डारण गरिएको डेटा ब्लक गर्न प्लग-इन स्थापना गर्नुहोस्।

ब्राउजरको स्मृतिशेषहरू बन्द गर्नाले पिक्सेलहरूलाई तपाईको विशिष्ट गतिविधि ट्र्याक गर्नबाट रोक्नेछ। ट्र्याकिङ पिक्सेलले अझै पनि तपाईको आइपी ठेगानाबाट अज्ञात भ्रमण रेकर्ड गर्न सक्छ, तर अद्वितीय जानकारी रेकर्ड गरिने छैन। यदि तपाई ट्र्याकिङ पिक्सेलहरू प्राप्त गर्न चाहनुहुन्न भने, तपाईले आफ्नो ब्राउजर-आधारित इमेल क्लाइन्टमा एचटिएमएल छविहरू असक्षम गर्न आवश्यक रहन्छ, र यसले तपाईले प्राप्त गर्नुहुने अन्य इमेलहरूमा छविहरू हेर्ने क्षमतालाई असर गर्न सक्छ।

म थप जानकारी कहाँ पाउन सक्छु?

कृपया थप जानकारीको लागि हाम्रो गोपनीयता नीति पढ्नुहोस्। यदि तपाईसँग थप प्रश्नहरू छन् भने, privacy@wikimedia.org मार्फत सम्पर्क गर्नुहोस्।

धन्यवाद!


कृपया यस सामग्रीको मूल अङ्ग्रेजी संस्करण र अनुवादबीच अर्थ वा व्याख्यामा कुनै भिन्नता भएमा ध्यान दिनुहोस्, मूल अङ्ग्रेजी संस्करणले प्राथमिकता लिएको छ।